काठमाडौँ । आज सोमबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ भने यूरोपियन यूरोसहित केही देशको विनिमयदर बढेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३६ रुपैयाँ ८३ पैसा छ भने बिक्रीदर मूल्य १३७ रुपैयाँ ५२ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ ४१ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ १५ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर-