काठमाडौंमा को*रोना संक्रमित बढ्ने क्रम रोकिएन, कहाँ-कहाँ भेटिए संक्रमित ?

काठमाडौं । काठमाडौं उपत्यकामा तीनजना को*रोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौं उपत्यकामा तीन जना को*रोना संक्रमित थपिएको जानकारी दिनुभएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौका एक जना र ललितपुरका २ जनामा को*रोना देखिएको उहाँले जानकारी दिनुभयो । यसैबीच काठमाडौंमा समुदायमा संक्रमण फैलिए नफैलिएका बारेमा परीक्षण भइहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा थप १५६ जनामा को*रोना भाइरसको संक्रमण पुष्टि भएको छ। १५६ जना नयाँ संक्रमित थपिएँसै नेपालमा को*रोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ ।

त्यस्तै, मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार आइतबार मात्र को*रोना निको भएर घर फर्कनेको संख्या ५८ छ भने हालसम्म निको हुनेको कुल संख्या ११ हजार ६ सय ९५ रहेको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →