लकडाउन हटेसँगै काठमाडौंमा भेटिन थाले को*रोना संक्रमित, कहाँ कति थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०० जनामा को*रोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले १०० जना थपिएसँगै कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको जानकारी दिए ।

जसमध्ये १२ हजार ६८४ जना निको भएका छन् भने अब सक्रिय संक्रमितको संख्या ५ हजार ३७० रहेको गौतमले जानकारी दिए । आज थपिएका संक्रमितमा काठमाडौंका ३ जना रहेका छन् ।

यस साताको पहिलो दिन आइतबार १५७ जनामा को*रोना संक्रमित थपिएका थिए भने ५८ जना डिस्चार्ज भएका थिए । सोमबार १८६ को*रोना संक्रमित थपिएका थिए भने १७३ जना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको प्रवक्ता डा। गौतमले बताएका थिए ।

त्यसैगरी लकडाउनको अन्तिम दिन १५० को*रोना भाइरस संक्रमित थपिएका थिए भने ६०९ जनाको डिस्चार्ज भएका थिए ।

देशभर सक्रिय संक्रमितको पाँच हजार ३७० रहेको छ । पाँच सय भन्दा सक्रिय संक्रमित रहेका तीन जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् ।

त्यसैगरी शून्य संक्रमित रहेका ७ जिल्लामा भोजपुर, पाँचथर, रसुवा, धनकुटा, मनाङ, मुस्ताङ, संखुवासभा रहेका छन् ।

हालसम्म देशभर २८ वटा प्रयोगशालाहरुबाट सक्रिय रुपमा पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा २०७ जना को*रोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १२ हजार ६८४ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरबाट ७० दशमलव १ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा २७ प्रयोगशालाबाट तीन हजार ७७९ जनाको जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभरका २० हजार ८४४ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर हालसम्म को*रोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भइसकेको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →