लघुकथा : धर्मकाे अवतार

~ डा. विदुर चालिसे ~
नर्वदाकाे जीवनमा अाजसम्म धर्म थियाे तर कुनै पनि सन्ताेष थिएन । पानी परिरहेकाे थियाे । वर्षे बाडीले बगाएर ल्याएकाे एउटा थाझ्गा निकै पर देखिएकाे थियाे ।

निकै चर्काे अावाज नरनाथकाे कानतिर परे । उनले बगेकाे त्याे वस्तुलाई उद्दार गर्न झ्वाम्म बाडीमा हाम फाले। अनि बिस्तारै तानेर बगरमा उतारे। उनले एक सासमा नर्वदालाई भने ।
–“नर्वदा ! अब तिम्लाई नि:सन्तान भनेर हेप्ने दिन सकियाे । मेराे स्वर्गकाे ढाेका खुल्याे ।”
गाउँ छिमेकमा नर्वदालाई गाउँलेहरूले हेपेर बेलाबेला व्यङ्य गर्दै उडाउँथे । पेटकाे किरा मर्ने गरी अमिलाे मनले भन्थे ।
–“याे बाँझी बैला अाइमाईकाे के अनुहार हेर्नू ? याे अलक्षिनाकाे, बन्ने काम पनि बिग्रन्छ !”
गाउँ पुरातन साेचकाे भए तापनि रहनसहनकाे तागत भने अाधुनिक ढाँचाढर्राकाे नाैटङ्कीमा बाँचेकाे थियाे । एकदिन नरनाथले स्वस्थानी पूजा लगाएका थिए । प्रसाद खुवाउन छाेरा नभएर निकै अप्ठेराे परेथियाे । धेरै भक्तालुहरूले उनलाई मनमनै सायद भनेका पनि थिए ।
–“अपुत्राकाे छाेरा त छैन छैन । मीत छाेरा वा धर्म छाेरा पनि रहेनछन् ।”
कानमा परेकाे याे वाक्यले उनलाई सताएकाे थियाे । नर्वदा र नरनाथ रूग्ण ग्रामीण ढाेंगी समाजकाे खटन मा बाँचिरहेका थिए । समाजकाे हेराइ र गाउँलेका मनका अासय तिनका लागि अभिशाप बनेकाे थियाे । यसै बीच नरनाथले बगरकाे थाङ्गामा लुटपुटिएर कराएकाे बच्चाकाे अातसकाे स्वरलाई थुम्थुम्याए ।
–” अाे ! छाेराकाे अवतार !”
नर्वदाले मातृत्व भावमा नरनाथकाे हातबाट साे बच्चा लाई खाेसेर लिइन । रूँदारूदैकाे बच्चालाई छातीमा टाँसिन । बच्चाकाे रूवाइमा निस्किएकाे अावाजकाे तरङ्गले नर्वदाकाे मुटुमा मातृ-वात्सल्यकाे झनक्क विद्युतीय तरङ्ग गयाे । उनले एक निमेषमा उल्लास काे स्वरले नरनाथकाे अगाडि चिच्याइन । मनकाे हेपाईमा पुत्रत्वकाे प्रकाशरूपी विजुली उनमा बल्याे ।
–“मेराे जीवनकाे मुटु !”
ताते ताते गर्दै अाँगनमा खेलिरहेकाे नर्वदाकाे मुटुलाई हरेक दिन गाउँका सबैले साेध्न थाले ।
–“याे बच्चा कस्काे नाफाबाट पाएकाे ?”
नर्वदा र नरनाथलाई यी वचन सुन्दा मरेतुल्य लागेर अाउँथ्याे । विवशताका बीच उनीहरू संयम हुन्थे । तरपनि गाउँकाे मान, अाफ्नाे इज्जत र याैन दुर्वलता काे लाज छाेप्न नरम स्वरमा जवाफ दिन्थे ।
–“याे हाम्राे कुलकाे पुजारी हाे !”
गाउलेहरू नर्वदा र नरनाथकाे कुलकाे पुजारीका बारे बङ्ग्याएर प्रश्न गर्थे ।
–“अर्काले फालेकाे बच्चा च्यापेर पनि कुल पुजा ?”
नर्मदा र नरनाथलाई जीवनभर दुखेकाे मनकाे पीडा छाेप्न बच्चालाई अँगालाे हाल्थे । गालामा टाँस्थे र सैसला खेलाउँदै भन्थे ।
–“जस्ले जेसुकै भनाेस ! थाङ्गाकाे किकी(जुम्रा) नै भएपनि हामीले अाफैका लागि पाएकाे अवतार हाे ! धर्मकाे अवतार !”
–“लाै लाै धर्म पुत्रबाट पनि त प्रसाद चल्छ !”

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →