काठमाडौं । काठमाडौंमा शुक्रबार १० जना नोभेल को*रोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० जना को*रोना संक्रमित थपिएका जानकारी दिए ।
उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जनामा को*रोना संक्रमण देखिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १० जनामा को*रोना देखिएको उनले जानकारी दिए ।
देशैभर नोभेल को*रोना भाइरसका संक्रमित शुक्रबार १३३ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३३ जना संक्रमित थपिएका हुन् ।
साउन ९ गते शुक्रबार तीन हजार ९८७ जनाको पीसीआर जाँच गरिएको छ ।
देशभर शुक्रबार ५ हजार ३८३ जना सक्रिय संक्रमितको रहेको उनले जानकारी दिए । पछिल्लो २४ घण्टामा जना १०७ जना को*रोना निको भएर घर फर्किएका छन् भने हालसम्म को*रोना निको हुनेको संख्या १२ हजार ९४७ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो तीन दिनको को*रोना संक्रमितको तथ्याङ्क हेर्दा मंगलबार १५० जना, ,बुधबार १०० जना र बिहीबार १४७ जना को*रोना संक्रमित थपिएका थिए ।
मंगलबार ६०९ जना, बुधबार २० जना र बिहिबार र १५६ जना डिस्चार्ज भएका थिए । हालसम्म कुल को*रोना भाइरस संक्रमितको संख्या १८ हजार ३४१ पुगेको छ ।
यसैबीच वीरगञ्जमा को*रोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज महानगरपालिका(११ की ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा। उदयनारायण सिंहले जानकारी दिए ।
डा। सिंहका अनुसार उनी मुटुका रोगी थिइन् । केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् । साउन ७ गते को*रोना संक्रमण पुष्टि भएपछि उनलाई बिहीबार गण्डक अस्पतालमा ल्याइएको थियो ।