जानेर वा नजानेर हुने हाम्रा दैनिक आदतले पनि किड्नीलाई असर गरिरहेको हुन्छ। प्रायः मानिसको स्वास्थ्यको चासो रहेको किड्नीमा असर हुुनुमा मानिसको लापरवाही मुख्य जिम्मेवार छन। जुन यस प्रकार छन् :
-चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ।
खानामा धेरै नून खाँदा वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ । नूनले सोडियम ब्लड प्रेसर गराउँछ, जसको असर किड्नीमा पर्छ।
-पिसाब लाग्दा पनि लामाे समय रोकिबस्दा पिसाब थैली भरिन्छ। पिसाब भरिएर किड्नीसम्म पुग्छ । पिसाबमा हुने व्याक्टेरियाले किड्नीलाई हानी गर्छ।
-पानी कम वा ज्यादा पिउनु पनि हानिकारक हुन्छ। शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु जरुरी छ। थोरै पानी पिउदा पनि शरीरमा जम्मा भएको विकारले किड्नीको नियमित कार्यलाई असर गर्छ। ज्यादा पानी पिउदा पनि किड्नीलाई असर गर्छ।
-चुरोट वा तमाखु पिउँदा वा तमाखु खादा शरीरमा विष जम्मा हुन्छ जसले किड्नी ड्यामेज गर्ने सम्भावना हुन्छ। धुमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ।
-जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिक्स वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ। चिसाे पेय पदार्थमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ।
-सामान्य मानिसको तुलनामा धेरै खाने मानिसलाई पनि किड्नीको समस्या हुन्छ। बढी खाँदा तौल बढ्छ। तौल बढी भएपनि किड्नीसँग सम्बन्धित विभिन्न समस्या हुन्छ।
-मासुमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ। धेरै प्रोटिनले किड्नीमा मेटाबोलिक लोड बढाउँछ र किड्नी स्टोनका समस्या ल्याउछ।
-दिनमा ७ देखि ८ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले किड्नीको समस्या निम्त्याउँछ।