समुदायस्तरमा फैलियो को*रोना, अघोषित रुपमा लकडाउन गर्ने निर्णय

को*रोना महामारीको कम असर परेको भनिएको प्रदेश १ को विराटनगरमा को*रोना भाइरस समुदायस्तरमा फैलिएको निष्कर्ष निकालिएको छ।

विराटनगर क्षेत्रमा लगातार को*रोना संक्रमित बढेपछि स्थानीय तहले अघोषित रुपमा लकडाउन गर्ने निर्णयसमेत गरेका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कर्मचारी, विराटनगर अस्पतालका सञ्चालक चिकित्सक र विराटनगर–६ का एक पुरुषलाई संक्रमण पुष्टि भएको थियो ।

बिहीबार प्रदेश प्रहरी कार्यालयमा कार्यरत थप ४ जना प्रहरी कर्मचारी र शुक्रबार विराटनगर–४ का एक पुरुषमा संक्रमण पुष्टि भएको थियो । शनिबार थप तीन जनामा संक्रमण देखिएको थियो ।यसरी हेर्दा महानगरमा संक्रमणको दर दिनदिनै फैलिदै अवस्थामा देखिएको छ ।

महानगरमा संक्रमणको दर फैलदो स्थितिमा छ भने अर्कातिर बुधबार संक्रमण पुष्टि भएका चिकित्सक र प्रहरीमा को*रोना संक्रमणको स्रोत भेटिएको छैन । उनीहरु मात्र होइन, शुक्रबार को*रोना पुष्टि भएका पुरुषमा पनि ट्राभल हिस्ट्री बाहिरको छैन ।

को*रोना पुष्टि भएकामध्ये दुईजना विराटनगर–६ मा बुधबार संक्रमण पुष्टि भएका व्यक्तिका श्रीमती र आमा हुन् । अर्का संक्रमित धरानबाट विराटनगर आएका चिकित्सक हुन् ।

उनीहरुमापनि को*रोना संक्रमणको स्रोत अहिलेसम्म पत्ता लग्ने सकेको छैन। संक्रमितको ट्राभल हिस्ट्री बाहिरको नहुनु र स्रोत्र पत्ता नलाग्नुले को*रोना समुदायस्तरमा पुगेको निष्कर्षमा महानगर पुगेको छ ।

विराटनगर महानगरपालिकाले शनिबारसम्म एक हजार ७ सय ६९ जनाको पीसीआर विधिबाट को*रोना जाँच गरेको छ । तीमध्ये ४१ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रदेश सरकारलेपनि महानगरमा फैलिदै संक्रमणले प्रदेशको राजधानी विराटनगरमा कोरानाको संक्रमण समुदायस्तरमा पुगेका निष्कर्ष निकालेको छ ।

विराटनगरभित्रका व्यापारीहरुले अनिवार्य रुपमा मास्क लगाउने, कुनैपनि राजनीतिक दलले सभा सम्मेलन नगर्ने र साप्ताहिक हाटबजार पूर्णरुपमा बन्द गराउने निर्णय गरेको महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले जानकारी दिनुभयो ।

प्रधानले अत्यावश्यक सेवाबाहेक एक साताका लागि महानगरपालिकाको सेवा बन्द गर्ने निर्णय भएको समेत बताए । अत्यावश्यक सेवाभित्र रहने बिषयको प्रोटोकल तयार गरी कार्यन्वयन गरिने पनि उहाँले जानकारी दिनुभयो ।

तस्विर : Rowmhi Khan

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →