स्वर्णिम चाँदनी
तिम्रा ती पातला अाेठहरु
हल्का बर्षा झै लाग्छन् मलाई
तिमीसँग हरप्रकारकाे सौन्दर्यता छ र त-
धरती र अाकाश सँगैसँगै हिडे जस्ताे लाग्छ मलाई ।
म पनि तिमीप्रति अत्यन्त माेहित छु,
कुनैदिन साेधेकी थिए-
भन न याे बाटाे कहा जान्छ?
सुलाेलित स्वरमा भनेकीथियौ,
”मेराे मनमुटु र ह्रदय छाेएर जान्छ हजुर”
अनि म पनि के कम?
तिम्राे ह्रदयमा मायालु र लजालु भावमा पस्न!
लाग्याे तिमीले भन्यौ-
अाउ मलाई स्पर्स गर, प्रेम गर
अाज यहि दिवस मनाउ न त
म अाफुलाई बहादुर कसरी साेचु??
म पनि तिमी जस्तै थिए र छु
बासनारहित प्रेमकाे प्रतिक्षामा,
भन्न त भन्छन् ,
प्रेममा सबै प्रवृत्ति नगरे प्रेम हुदैन ।
प्रेममा सुख हाेईन अान्नद हुनुपर्छ।
तर,मसँग हुने र गर्ने प्रेम
त्याे भन्दा फरक म र हाम्राे प्रेम
एउटा फरक प्रेम,सन्तुष्टिकाे प्रेम,
मेराे नारी ह्रदयकाे प्रेम तिमी नारीप्रति!
नारी ह्रदय कमजोर हाेला तर दुर्बल छैन।
तिमी कलकलाउदी फुल जस्तै,
तिम्राे हासाेमा दुनियाँ भुल्छ,
हासाे छ प्रिय तिमीसँग!
तिम्राे अाखामा अात्मविश्वास छ,
हाउभाउ र बाेलीमा अात्मियता छ।
तड्पाउने सुन्दरता हाेईन,स्मृतिमा अाक्रषण छ।
त्यसैले त हाेला!
मलाई तिमी नै अात्मीय प्रिय लाग्छ,
चाँदनी!!
यसैले त तिमी प्रेम भयाे मेराे!!