~डा. विदुर चालिसे
विजय अभियानकाे लामाे बहसमा कुनै तर्क नमिलेपछि र आफ्नाे तर्ककाे पत्ता चुँडिएपछि मानिसहरू समूह समूहमा आत्म राेदन गर्दै एक अर्कालाई आराेप गर्दथे ।
–“रामले बालीलाई कायरतापूर्वक लुकेर हत्या गरे !”
याे सुनेर सबैले एकस्वरमा दुत्कारेर हल्लाखल्ला गरे ।
–“लाछि रामकाे पनि कुरा के कुरा गर्नु ?”
बालीजस्ताे बलसाली र रामजस्ताे सत्यवादीकाे यी कहावतमा समाज हुरूरूर्र हुने गरी तातेकाे थियाे। मान्छेहरूकाे मुखबाट याे सत्या असत्यकाे कथा विहानदेखि बेलुकासम्म सुनिन्थ्याे ।
–“बालीकाे हत्यामा सुग्रीबकाे प्रमुख हात थियाे।”
दुर्बलहरूकाे अर्काे भनाइमा कति सत्यता थियाे हाेला र ? तर पनि कसैलाई थाहा थिएन ! जलनाकाे पक्षमा बन्नसक्ने प्रमाण बारेकाे आराेप थामथुम पार्न मात्रै यस्ता कथाहरू बेला बखत सल्बलाउँथे । रमिताकाे हत्या कस्ले गरेकाे थियाे ? भन्ने विषय समाजमा व्याप्त थियाे । सबै साे विषयमा न्यायालयकाे तर्फ बाट स्पष्ट जान्न चाहन्थे । अदालतकाे ढाेकै अगाडि भेटिएकाे वकीललाई जलना रमिताकी आमाले कान नै टट्टाउने गरी भनिन ।
–“गरिबलाई ऐन र धनीलाई चैन त हुन्न हाेला नि कानुनमा !”
वकिल बाेलेनन् मात्रै मुसुक्क हाँसे । उनमा निकै गम्भीर प्रश्न तेर्सिएकाे थियाे ।
–“दाेषाराेपण !”
एकातिर गरिबकाे न्याय अर्काेतिर कानुनकाे व्याख्या थियाे । अनि भावुक कविका जस्ता न्यायालयका ती न्यायमूर्तिका परमादेशहरू बेला बखत आख्यानकाे वस्तुसार व्याख्यामा सकिन्थे । रमिताकी आमाले उसकाे मृत्युबारे त्यसपछि फट्टै बयान दिई ।
–“हत्याराकाे पहिचानसँग हत्याकाे जवाफ चाहियाे ?”
वरिपरि उभिएका सबै न्यायदाताहरू मुखामुख गर्न लागे। उनी हरूसँग रामराज्य खडा गर्ने शासनका अगाडि बाेल्ने हिम्मत कसैमा थिएन । उनीहरूले बक्नै पर्ने अवस्थामा भनिदिए ।
–“धर्म रक्षाका लागि जवाफ छैन !”
ढलेकाे शरीरमा राताे अबिरले सजाएर निकै सिँगारपटार गरेर लेखिएकाे थियाे । रमिताकाे शरीरमा पीताम्वरले धर्मकाे अधर्म प्रकाश तरङ्गित गरेर टल्किरहेकाे थियाे ।
–“भगवान् राम ! भगवान् राम !! भगवान् राम !!!”
एकातिर भावुकता अर्काेतिर भाव विव्हलता बराेबर घुमेकाे थियाे । शाेकाकुल मान्यजनहरू आँशु पुछ्दथे । रामका धेरै अन्धभक्तहरूले जय जयकार गरिरहेका थिए। अर्काेतर्फ निकै ठूलाे जुलुस आइरहेकाे थियाे। उनीहरू कराउदै हिंडिरहेका थिए । आशङ्काकाे बीचमा जुलुसले विकल्पमा बाेल्याे ।
–“मृतकलाई सहिद घाेषणा गर !”
न्यायदातालाई सहिद घाेषणा गर्ने अधिकार कुनै अर्थमा थिएन तर न्यायकाे घाेषणा गर्ने अघिकार भने भएकाेले सबैकाे एकै सहमतीले घाेषणा गरिदिए ।
–“राज्यमा आज फेरि रमिता छ !”
–“आजकाे रमिता मरेकाे कि बाँचेकाे ?”
कसैले साेधेकाे प्रश्नमा असन्तुष्टहरू जलिरहेका थिए । सहिद पार्ककाे अगाडि उभिन्थे । मुठ्ठी उठाउँथे । कसम खान्थे । बिद्राेहकाे अहङ्कारमा मुठ्ठी बटारेर भन्थे ।
–“आज मलाई रमिता छैन ! राम रमिता !”
घाेषणा गर्ने सबैले मुखामुख गरेर माैन भाषामा आँखा तन्काए । अङ्ग भाषामा कुम सबैले जुरूक्क उचालेर प्रस्तुत भए ।
–“अब यसलाई मुक्त गरिदिउँ ! समय यस्तै छ !”