काठमाडौं । नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ । आज लकडाउन खुलेपछि यताकै धेरै ४ सय १८ नयाँ संक्रमित भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक काठमाडौं उपत्यकामा ५१ संक्रमित थपिएका छन् । काठमाडौंमा मात्रै ४३ जनामा संक्रमण पुष्टि भएको छ ।
ललितपुरमा ३ र भक्तपुरमा ५ संक्रमित थपिएका छन् । उपत्यकाका नयाँ संक्रमितमा प्रहरी र सेना पनि छन् । सबैभन्दा बढी पर्सामा ७१, कैलालीमा ६१ र सप्तरीमा ५१ जना नयाँ संक्रमित भेटिएका छन् ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ४ सय १८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा ७ हजार ६ सय ३७ नमुना परीक्षण गरिएको थियो।
योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ७ सय ५० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुराको जानकारी दिनु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार भएका ७ हजार ६ सय ३७ पीसीआर परीक्षणमा परीक्षणमा ४ सय १८ जनामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।
सोमबारसम्म ३ सय ५८ जना संक्रमित डिस्चार्ज भएका छन । आजसम्म १४ हजार ९ सय ६१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
प्रदेश नम्बर १ मा ८ सय ७५, प्रदेश नम्बर २ मा ३ हजार १ सय ७६, बागमती प्रदेशमा ५ सय ४३ र गण्डकी प्रदेशमा १ हजार ३ सय ३० जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ६६, कर्णाली प्रदेशमा १ हजार ७ सय २३ र सुदूरपश्चिम प्रदेशमा ३ हजार २ सय ४८ जना डिस्चार्ज भएका छन ।
सोमबार देशभरीका आइसोलेसनमा ५ हजार ७ सय ३२ जना संक्रमित उपचाररत रहेका छन् । जसमा प्रदेश नम्बर १ मा २ सय ९०, प्रदेश नम्बर २ मा २ हजार ३ सय ५७, बागमती प्रदेशमा ६ सय ५१ र गण्डकी प्रदेशमा २ सय ७२ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ सय १५, कर्णाली प्रदेशमा २ सय ९८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ४९ जना रहेका छन् ।
प्रदेश नम्बर १ मा १ हजार २ सय ९६, प्रदेश नम्बर २ मा १ हजार १ सय ४४, बागमती प्रदेशमा ८ सय २६ र गण्डकी प्रदेशमा २ हजार ७ सय ९५ जना क्वारेन्टिनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ४०, कर्णाली प्रदेशमा ५ सय १४ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय ३७ जना क्वारेन्टिनमा रहेका छन । अहिलेसम्म कोरोनाबाट ५७ जनाको मृत्यु भइसकेको छ ।