काठमाडौं उपत्यका कोरोनाको हटस्पट बन्यो, थपिए अहिलेसम्मकै धेरै संक्रमित

काठमाडौं उपत्यकामा ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस व्रिफिङमा काठमाडौ, ललितपुर र भक्तपुरमा गरी उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तैनेपालमा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् ।

सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ । बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् ।

सबैको जानकारीको लागि यो समाचार सियर गर्नुहोला

अख्तियारका थप २२ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालले कर्मचरीलाई कोरोना भाइरसको परीक्षण गराएरमात्रै कार्यालय आउन निर्देशन दिएको छ।

अख्तियार स्रोतका अनुसार एक जना चालकसहित २२ प्रहरीलाई कोरोना पोजिटिभ देखिएको हो।

२२ जनालाई कोरोना संक्रमण देखिएपछि आयोगले कर्मचारीलाई परीक्षण गराएरमात्र कार्यालय आउन निर्देशन दिएको हो।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले झण्डै तीन सय कर्मचारीको कोरोना परीक्षण गर्न बाँकी रहेको बताए।

‘म आफैं पनि घरमै बसिरहेको छुँ’, अधिकारीले भने, ‘अब परीक्षण गराएरमात्रै कार्यालय फर्किन्छु।’

प्रवक्ता अधिकारीका अनुसार अहिलेसम्म अख्तियारमा खटिएका एक सय ८२ जनाको परीक्षण भएको छ। अन्य कर्मचारीहरूको परीक्षण गर्ने तयारी भइरहेको छ।

अख्तियारका आयुक्तहरूको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ।

सबैको जानकारीको लागि यो समाचार सियर गर्नुहोला

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →