काठमाडौं उपत्यकामा भेटिए १६८ जना कोरोना संक्रमित, उपत्यकाका कहाँ कति संक्रमित ?

काठमाडौं । काठमाडौं उपत्यकामा थप १६८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेशवर गौतमले पछिल्लो २४ घण्टामा १६८ जना कोरोना संक्रमित थपिएका जानकारी दिए । उनले भने,“काठमाडौं १३९ ,ललितपुर १५ र भक्तपुर १४ संक्रमित थपिएका छन् ।

उनका अनुसार सशस्त्र प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ६ जनामा कोरोना देखिएको छ । विध ल्याब ललितपुरमा गरिएको परीक्षणमा काठमाडौँका ६ जना , भक्तपुरका एक र ललितपुरका एक जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए ।

वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंमा ११ जना, धुलिखेल अस्पतालमा काठमाडौंका दुई जना ,ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका ३ जना, काठमाडौंका १६ जनामा कोरोना संक्रमण देखिएको उनले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २० जना, भक्तपुरका एक जना र ललितपुरका तीन जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा काठमाडौंका तीन जना, सुर्या हेल्थ ल्याब भक्तपुरका एक जना र काठमाडौंका एक जनामा कोरोना देखिएको छ ।

केमसी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका चार जना,भक्तपुरका एक जना र ललितपुरका एक जनामा कोरोना संक्रमण देखिएको उनले बताए ।

विरेन्द्र अस्पताल काठमाडौमा गरिएको परीक्षणमा काठमाडौंका सात जना, सोरिया अस्पताला गरिएको परीक्षणमा भक्तपुर एक जना र ललितपुर एक जना,स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा भक्तपुर २ , ललितपुर ३ र काठमाडौंमा सात जना, शुक्रराज ट्रपिकल तथा जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं २० जना, ललितपुरका चार र भक्तपुर दुई जना, त्रिवि शिक्षण अस्पतालमा भक्तपुरका एक, काठमाडौं ११ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १७, ललितपुर एक र भक्तपुर दुई जना र नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा काठमाडौं नौँ र ललितपुर दुई जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशैभर ५८१ जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै देशभर ११३ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ भने ६ जनाको भेन्टीलेटरमा राखेर उपचार भइरहेको छ।

प्रदेश १ मा २ जना, प्रदेश २ मा ४१ जना, बागमती प्रदेशमा ५९ जना, गण्डकीमा १ र प्रदेश ५ मा ११ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ।

भेन्टीलेटरमा राखेर उपचार भइरहेका ६ जना नै बागमती प्रदेशमा रहेको मन्त्रालयले जनाएको छ।

आज देशभरीका आइसोलेसनमा ९ हजार ६ सय ३९ जना उपचाररत रहेका छन । जसमा प्रदेश नम्बर १ मा ९ सय १०, प्रदेश नम्बर २ मा १ हजार ८ सय ६७, बागमती प्रदेशमा २ हजार २ सय १८ र गण्डकी प्रदेशमा २ सय ९७ जना आइलोसेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ३५, कर्णाली प्रदेशमा २ सय १२ र सुदूरपश्चिम प्रदेशमा ७ सय ९९ गरी देशभरी संस्थागत आइसोलेसनमा ७ हजार ३८ जना संक्रमित उपचाररत रहेका छन ।

यस्तै प्रदेश नम्बर १ मा १ सय २२, प्रदेश नम्बर २ मा २ हजार १ सय ७० र बागमती प्रदेशमा १ सय ११ होम आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ सय ८५, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा १२ गरी २ हजार ६ सय १ जना होम आइसोलेसनमा रहेका छन ।

आज १ सय ६० जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा १ हजार १ सय १२, प्रदेश नम्बर २ मा ३ हजार ७ सय १०, बागमती प्रदेशमा ७ सय २ र गण्डकी प्रदेशमा १ हजार ५ सय ३२ जना डिस्चार्ज भएका छन ।

यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८९, कर्णाली प्रदेशमा १ हजार ९ सय ४३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार २ सय ७ गरी आजसम्म १७ हजार ४ सय ९५ जना संक्रमित डिस्चार्ज भएका छन ।

क्वारेन्टिनमा १५ हजार १ सय ९८ जना रहेका छन । प्रदेश नम्बर १ मा २ हजार ३ सय २०, प्रदेश नम्बर २ मा १ हजार ५ सय ४५, बागमती प्रदेशमा १ हजार ७ सय ३६ र गण्डकी प्रदेशमा ३ हजार १ सय ३१ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा २ हजार १ सय ७, कर्णाली प्रदेशमा ६ सय ७० र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ८९ जना क्वारेन्टिनमा रहेका छन ।

यसैबीच कोरोना भाइरस (कोभिड—१९) बाट नेपालमा थप ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहत, मोरङ र काठमाडौंमा गरी ३ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहटका ३२ वर्षीय पुरुष, मोरङमा ६० वर्षीय पुरुष र काठमाडौंमा ५८ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ ।

आज देशभरी ५ सय ८१ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा १ सय ७३ जना महिला र ४ सय ८ जना पुरुषमा संक्रमण देखिएको हो । आज उपत्यकामा १ सय ६८ जना संक्रमित देखिएका छन् । जसमध्ये काठमाडौंमा १ सय ९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

देशभरीका आइसियुमा १ सय १३ जना उपचाररत रहेका छन । नम्बर १ मा १ जना, प्रदेश नम्बर २ मा ४१ जना, बागमती प्रदेशमा ५९ जना, गण्डकी प्रदेशमा १ जना र प्रदेश नम्बर ५ मा ११ जना संक्रमित उपचाररत रहेका छन । बागमती प्रदेशमा ६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →