मीर राजभण्डारी आमात्य
थेत्तर नेवा थेत्तर नेपा:
झ्वांकी कबी म
पहिचान र अश्तित्व को लडाईं हरुमा
उठ्दैन मुद्दा चेपाङ हरुका
गोली खान्छन गोरु खाने हरु
रुपान्तरित नेपाल का सपना हरु
जाजरकोत जीवन हिजो
जिबन जल बिहिन बन्यो
प्रेस पनि चुप लाग्यो र लाग्दै छ
कठै ति स्कूल जाने रहर
सिङो नदी तुइन हरु मा तर्दै
उता रुकुम तिर कथित दलित मर्छन
बाहुन मन जुर्मुराउछन
भाषान तगदा हुन्थे
र अझै हुन्छ
समाज हामी कोर्छौ
जदौ कती गरियो
पाउ कती पुजियो
कहिले सुली चढेर
फाँसिका फँदा बेर्दै
कती कहाली युक्त काल
आफु तुइन बनेर तारी दिने
हामी आदिवाशी जनजाती
सर्व सत्ता तिमीलाई सुन्पदै
हजारौ युग साग र सिस्नुमा बित्यो
फेरी पनि लाएकु बनाउदै
हरा भरा खेत खलिहान
तिम्रा लागि
मात्र तिम्रा लागि महल बनाउदै
आफ्न्ना सपनाका
आलीशान महल
रमाउदै कैले भत्काउदै
मात्र तिम्रा लागि
खास खास तिम्रो लागि
भो लामो कुरा भो नगरौ
खुशी मान्नु पर्छ अवश्य
हो,
अवश्य पनि युग हरु फेरिएको छ
दरबारहरु फेरिदै छन
दरबारियाहरु फेरीदै छन
फेरियन त फगत
शासित शासक हुँदा
फेरिएन शासक मन हरु
स्त्रीहरु ऐले पुरुषलाई बिश ठान्छन
दर सँग दारु साटेर
हाइ फरियामा रमाउछन
केको तीज पञ्चमी
केको घर रमाइलो
अचेल त बनै रमाइलो
आफ्न्ना भन्दा पराइ राम्रो
परिवर्तन राम्रै छ उता
बस्ने नेपाल व्यबहार र सोच अमेरिका
बबुरा ता,
हामी रइछौ
धर्मले यताका स्त्री
छोरी श्रीमान पुज्दैन
गोडा धोइ पानी पिउदैन
श्रीमान इश्वर होइन शहकर्मी र सहधर्मी हुन्छ देख्दा
ठुलो श्वर मा बोले
पुरुष माझ बोले अझै कुखुरी बास्छन अरे
हो,
परिवर्तन यता पनि भएकै छ अवश्य
अचेल मुना मदन का बहस खुब चल्छन
कबिता हरुमा
भासण् हरुमा
तर,
फेरिदैन मुनाका
कथा र त्याग हरु
अनी,
मदनका बलिदानहरु
थप कथा
मदन सँग बिछोदिदा
मुनाका दुखेका मनहरु
तड्पियका
कुन्जीयका
तन र झरेका आसुँ हरु
तर,
खोजीदैन अझै
समावेशी नेपाल खोज्न
बिदेसियका मुना र मदन हरु
णफर्केर आउँदा
बिछोडिएर टुक्रिएका
मुना र मदन हरु
कैले लाला बाला नदी मा बगाउछ ( तिवारी का कथा )
भएन अब भन्दै
आँफै फाल हाल्छन
फन्दा हाल्छन ………
खोइ त खोजी हुँदैन त ???
हुन त,
खोजी हिजो पनि नभएकै हो
गंगालाल धर्म भक्तहरु
सुली चढे
न खोजी भो तिनका सपना
खोजी भो त
फगत
किर्ती पुरेका बुँ र गुँ हरु
पल्लो किराँत र माझ किराँतका
बिर्ताहरु
थारुहरु मात्र
खुइये गर्दै र
छन पनि अझै
ऐले खोकना खोजे झै
मरेका ऐन निएम खोज्दै
सडक विस्तार
र
ग्वलहरु खोजे झै
निरास नहुनु पहिचान अझै चल्दै छ
अभियान हरु बढ्दै छन्
जिउदा जलेका आशहरु
हामी आदिवाशीका विपना हरु
एउटा अनिश्चित सपना हरु खोज्दै
एउटा म्रिग त्रिश्ना हरु जन्मेको छ
रमिते हरु का लागि
रमाइलो दिन
बार्दली का कुना कुना सम्म
थपडी बज्दै छ
पहिचान को सवल न हो
आज हाम्रो पहिचान हरु जलाउने
रण निती र नितीहरु
जलाउने क्रम मा
आफ्नै झन्डा जल्दै छ
अन्ध राष्ट्र बादी हामी
ध्रित राष्ट्रका राज हठ लाई
तीब: दिन (नेपाल भाषा : उत्साहित बनाउन )
अन्ध बेग मा
तिब्र बेग मा
आफ्नै झन्डा जलाइन्छन
देश जली रहेछ
छु मत्लब
आदीवाशी जनजाती
एक्सत्ठी कुलका हामी
भाषा सन्स्क्रिती
कुल र बन्स का नामी
कुलिन हामी
छु मत्लब
जलाइन्छन
अवश्य जलाइन्छन
णेवा सभ्यता जलाउदै गरेका
णव सामन्त
साँढे जुधाएर रमाउने लाई के फरक र
झन्डा जलोस कि मुना मदन
फरक त परदेशिएका मुना मदन
हरु
नयाँ नेपाल जले का कथा हरु लाई पर्छ
किनकी
ल्हासा पुग्ने मदन का कथा
कोर्न देवकोटा हरु जिउदै थिए
हो ऐले युग हरु रफ्तार मा छन्
पोल्टा मा तथास्तु परेका
नयाँ नेपाल हरु
समावेशी नेपाल हरु
देश को झन्डा जलाउदै छन्
अभिएन्ता हरु बुद्रुक्क
ठीक गरे जलाउनै पर्छ
विद्वान हरु लेख्छन
जलाउनै पर्छ
किन जलाउने ???
सुर्य बँसी
चन्द्र बँसी मुर्दा बाद्
घर तिर थन्किएका तान मा
झि नेवा दाइचा
मै: चित
थ: यो म्ह: मैचि:त
हाकु पतासी
बुन्दै व्यस्त
मैचा : ?????
गन आमु हाकु पताशी दाइचा
आन्दोलन मा जानु छ
आ-ज त खास दिन
झन्डा जलाउने दिन
हाकु दाइचा : झन्डा रे ????
कस्को झन्डा ???
मैचा धाइ :
राजाको झन्डा
हिन्दूको झन्डा
अझ त अझ
चन्द्र र सुर्य को झन्डा
हाकु दाइचा : ????
मैचा को हात को झन्डा हेर्दाइ
आमैसा गथे मजुगु जुल :
यो झन्डा त
मेरो पो हो त
बाउ बाजे पुर्वज अजा अजिले
बौद्द बिहार माइ देवी दरबार मा
सजाएको
चढायेको
ससम्मानित “ध्वायेँ” पो हो त
ऐ च्याकिम्ह बाउचा
छिमोबु या सम्पत्ती ला ??
माथि
दरबारिया तमाशे हरु
बार्दैली बाट
हाँसोका पर्रा हरु सँगइ
ताली तरररर
एउटा भन्दै थिए
गर्मी ज्यादै भो
यो रातो र सुर्य ले
ओझेली पारेको चन्द्र
झन्डा जल्नै पर्छ
देश को होइन
आदीवासी जनजातीको
अझ
थेत्तर नेवा:को
थेत्तर नेवा: सभ्यता को
कती थेत्तर ????
कतामरी २०७७ भाद्र १४