लघुकथा : लुरूमान गुरू

~डा. विदुर चालिसे
बजारमा बुध्दिमान प्रमाण-पत्र धारीहरूकाे खाँचाे थिएन्। बरू खाँचाे त केवल व्यवस्थाकाे थियाे । व्यवस्थामा एक कचहरी चलेकाे थियाे ।
–“नेपाली शिक्षा नीति !”

शिक्षा पध्दतिकाे नयाँ प्रारूपमा घाेरिएका झाेलारामले शैक्षिक नीति बारेकाे आफ्नाे खाेजकाे प्रतिवेदन पेस गरे।
–” शिक्षा नीतिमा निजी फेरबदल !”
लालमाेहरकाे दिन थियाे । उनले राष्ट्रकाे नाममा सगर्व घाेषणा गर्दै हल्लाखल्ला मच्चाए ।
–“देशकाे आम्दानी बढ्ने भाे, बेराेजगारी पनि हट्ने भाे अनि गुणस्तरीय शिक्षाले समाजवादकाे शिखर छुने भाे !”
लाटाहरू वाल्ल परेर बसेका थिए उनीहरूले नपत्याउने कुरै भएन । बुर्जुवा शिक्षा बहिष्कार गरेका भाेलानाथले एक दिन अल्लारे ठिटा ठिटीहरूलाई भाषणमा साताे खाएर भने ।
–“आफ्नाे पावर देखाउन नसक्ने पनि बुध्दिमान हुन्छ ? के गर्नु आफुले त उबेलामा प्रमाण-पत्र च्यात्दै हिंडियाे ।”
भाषण सुनिरहेका नयाँशिक्षाका ठिटीहरू अवसरसँग डराएका थिएनन्। भाेलानाथले स्कुल कलेज खाेल्ने विचार गरे, गाउँका भुराभुरी बटुले । टाकटुक अङ्ग्रेजी भाषा खुब पढाए । विदेशी पाठ्यक्रमकाे निकै हल्ला गरे । एकदिन हेडमिसले सँगै रहेका सबै सर म्याडमहरूलाई कुरैकुरामा हाैसला स्वरूप सुनाइन् ।
–“संस्थाकाे प्रगतीकाे उपलक्षमा हजुरहरूलाई अवश्य सम्मान गर्नेछाैँ !”
मिस र म्याडम बनेका ठिटीहरूकाे याे समय भईंमा खुट्टा किन हुन्थ्याे र ? सरहरू पनि निकै हाैसिएर काममा जाेतिए । पैसा बटुलेर कार, बङ्गाला, वैदेशिक भमणका सबै इज्जत बनाएका भाेलानाथले महामारीकाे ताेडमा एकदिन मन्चबाट निकै लामाे भाषण गरे ।
–“समय नै यस्तै आयाे ! विद्यार्थी पैसा तिर्दैनन् । सरकार फि नलिनु भन्छ । अहिले काम भए पाे माम दिनु !”
प्रमाण-पत्रवाला शिक्षक शिक्षिकाहरूले कान ठाडाे पारेर हेड मिसतिर फर्केर भने
–“बफादारीकाे सम्मान यही हाे ?”
तलब नपाउने सङ्केतमा झगडा गरिरहेका कामदारहरूकाे नारा बीच भाेलानाथले आफ्नाे झाेलामा भएकाे खाली चेक
निकाल्दै भने ।
–“अबदेखि तपाईहरू अनपेड लिभमा बस्नू । बाेलाए आउनू,
नबाेलाए बाटाे खुल्ला छ !”
त्यसपछि उनीहरू लुरे स्वरमा गन्थन गर्दै सडकमा कराउन थाले भाे लुरूमान हली घाेप्टिएर रून थाल्याे ।
–“अब प्रमाण पत्र च्याताैँ त ?”
–“हाेस, हाेस निजी भाइरस मराेस पहिला !”

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →