कविता – घुम्टे

सल्मा बुढाथोकी

कहिल्यै नझुक्ने शिर छ अटल तिम्रो।
बागलुङ काे शान अनि गौरव हाम्रो।।

मुनाल,कालिज अनि डाँफे नाच्छन् तिम्रो काखमा।
मृग, जरायो अनि खरायो रमाउँछन् तिम्रो साथमा।।
सिद्ध भैरव अनि आलम छन् शिरमा तिम्रो।
सदियौं देखि गर्दैछन रक्षा अनि कल्याण हाम्रो।।
बादलुको घुम्टो उड्छ्यौ सधैं माथमा।
दैनिक झुल्के घाम मुस्कुराउँछे गाथामा।।
गल्कोटको नाम, मान अनि सान तिमी।
तिमी बिना गल्कोटे रहदैनौं हामी।।

लेखिका :-सम्बुद्ध एजुकेशन एकेडेमी
गलकोट नगरपालिका-६ ।।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →