बबिता गैरे
घुम्टेको फेदीमा छ, मेरो प्यारो गाउँ।
प्यारो लाग्छ, सधैंभरि जन्मिएको ठाउँ।।
लह लह धानका बाला झुल्दा खेतभरी।
बसन्त झै अरू ऋतु आउला कहिले फेरि।।
पवित्र छ वातावरण, शुद्ध छ मन।
मित्रता नै ठूलो भन्छन्, भन्दा पनि धन।।
मित्रताको भावना छ, सहयोग गर्छन सबैलाई।
सबैलाई समान ठान्छन् दुःख दिन्नन् कसैलाई।।
वरिपरि डाँडा पाखा, समथर छ ठाउँ।
छोडी जान मन लाग्दैन मलाई, मेरो गाउँ।।
बसन्तमा फूल फुल्छ सुन्दर बन्छ गाँउ।
प्यारो लाग्छ, जन्मिएको – हुर्किएको ठाउँ।।
(यस. एल. सी ब्याच- २०७० सम्बुद्ध एजुकेशन एकेडेमी)