काठमाडौं । कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । देशमा मृतकको संख्या २ सय ५० नाघेको छ ।
काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा मृतक थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार उपत्यकासहित चितवन, तनहुँ, बारा, कपिलवस्तु र धादिङका ६ महिला र ६ पुरुषको संक्रमणबाट मृत्यु भएको छ ।
नेपालमा संक्रमण समुदायमा पुगेपछि हरेक दिन मृतकको संख्या बढिरहेको छ ।
मृत्यु भएकामा धेरै वृद्धवृद्धा र दीर्घरोगी रहेको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।
त्यसैगरी नेपालमा थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा ३ सय ८८ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशमा संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । पछिल्लो पटक काठमाडौंमा ३ सय ५० संक्रमित थपिएका छन् ।
काठमाडौं जिल्लामा मात्रै संक्रमितको संख्या ५ हजार नाघेको छ ।
यो देशकै बढी हो । ललितपुरमा २९ र भक्तपुरमा ९ जना नयाँ संक्रमित भेटिएका छन् । प्रदेश एक र प्रदेश २ मा आज बढी संक्रमित भेटिएका छन् ।
मोरङ, सुनसरी, धनुषा, पर्सा र सर्लाहीमा धेरै संक्रमित थपिएका छन् ।
पछिल्लो पटका थप ११ सय १२ जना संक्रमणमुक्त भएका छन् ।
संक्रमणमुक्त हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ । यो कुल संक्रमितको ५६ प्रतिशत हो ।
गत २४ घण्टामा स्वाबको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।