काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३८८ जना संक्रमित थपिएका छन्। यससहित देशभर बुधबार ११२० जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा ३५० जना, ललितपुरमा २९ जना र भक्तपुरमा ९ जना कोरोना संक्रमित थपिएका छन्।
हाल मुलुकमा १८१०८ जना कोरोनाका सक्रिय संक्रमित छन्। त्यसमध्ये १०४९३ जना संस्थागत आइसोलेसन र ७६१५ जना होम आइसोलेसनमा रहेका छन्।
पछिल्लो २४ घण्टामा ११२० जना डिस्चार्ज भएका छन्। यससँगै निको भएर घर फर्किनेको संख्या हालसम्म २३२९० जना पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाबाट आएको रिपोर्ट अनुसार ११२० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४१६४९ पुगेको छ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ३२० जना महिला र ८०० जना पुरुष रहेको मन्त्रालयले जनाएको छ। हाल मुलुकमा १८१०८ जना कोरोनाका सक्रिय संक्रमित छन्।
त्यसमध्ये १०४९३ जना संस्थागत आइसोलेसन र ७६१५ जना होम आइसोलेसनमा रहेका छन्।
पछिल्लो २४ घण्टामा ११२० जना डिस्चार्ज भएका छन्। यससँगै निको भएर घर फर्किनेको संख्या हालसम्म २३२९० जना पुगेको मन्त्रालयले जनाएको छ।
हाल क्वारेन्टिनमा ६७६६ जना रहेको पनि मन्त्रालयले जनाएको छ। त्यसै गरी ६ महिला र ६ पुरुष गरी १२ जनाको मृत्यु भएको छ।
थप १२ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा ६ महिला र ६ पुरुष रहेका छन् ।
मृत्यु हुनेमा चितवनका ५५ र १८ वर्षीया महिला, काठमाडौंका ८९ वर्षीया, ललितपुरका ७० वर्षीया, तनहुँका २० वर्षीया, कपिलवस्तुका ६० वर्षीया महिलाहरु रहेका छन् ।
त्यसैगरी बाराका ९७ वर्षीय, चितवनका ६५ वर्षीय, भक्तपुरका ४० वर्षीय, काठमाडौंका ७० र ७५ वर्षीय र धादिङका ४७ वर्षीय पुरुषहरुको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।
यसैबीच चितवनको भरतपुर अस्पताल मातहत रहेको भरतपुर कोभिड १९ प्रयोशालाले कोरोना परीक्षणको रिपोर्ट मोवाइलमै पठाउने भएको छ ।
कोभिड प्रयोगशाला प्रमुख डा नितु अधिकारीले त्यसका लागि प्रयोशालामा सफट्वेयर जडान गरिसकिएको बताइन् ।
‘सम्भवतः भोलिदेखि कोरोना परीक्षणको नमूना दिएर रिपोर्ट पर्खिरहेकाहरुलाई मोवाइलमै म्यासेज पठाउने कामको सुरुवात हुन्छ’ डा। अधिकारीले भनिन्, ‘त्यसका लागि नेपाल टेलिकमसँग पनि आवश्यक समन्वय गर्नुपर्ने काम मात्रै बाँकी छ ।’
अहिलेसम्म रिपोर्ट पोजेटिभ आएका संक्रमितहरुलाई प्रत्यक्ष फोन गरेर र नेगेटिभ आएकाहरुलाई अस्पतालको फेसबुक पेजमार्फत जानकारी दिने गरिएको थियो ।
कतिपय व्यक्ति रिपोर्टबारे जानकारी लिन प्रयोगशालामा नै पुग्ने गरेका थिए । पोजेटिभको रिपोर्ट सम्बन्धित व्यक्तिको मोवाइलमा पठाउने वा नपठाउने भन्ने बारेमा अस्पताल प्रशासनले निर्णय लिने प्रयोगशाला प्रमुख डा। अधिकारीले बताइन् ।
नेगेटिभ रिपोर्ट आएकाहरुको भने मोवाइलमा जानकारी पुग्छ ।
नेगेटिभ वा पोजेटिभ रिपोर्ट आएकाहरुको मोवाइलमा एसएमएस जाने आइडी र पासपोर्ट, अस्पतालको वेभसाइटमा रहेको कोभिड रिपोर्टसम्बन्धी लिंकमा हालेर रिपोर्ट प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको छ ।
प्रयोशशाला प्रमुख डा नितु अधिकारीले नमूना दिने सम्बन्धित व्यक्तिले नमूना दिँदा आफ्नो सही विवरण, नाम, ठेगना, उमेर र मोवाइल नम्बर दिन अनुरोध गरिन् ।
‘कसैले झुटो विवरण टिपाए रिपोर्ट पनि त्यस्तैं आउँछ, सफ्टवेयरमा इन्ट्री भएपछि केही गर्न सकिदैन’ डा। अधिकारीले भनिन् ।
अहिलेसम्म म्यानुअल तरिकाबाट चलेको प्रयोगशालालाई स्वचालित प्रणालीबाट चलाउने मेसिनको माग भइरहेको छ ।
चैत्र २१ गते स्थापना भएको प्रयोशागालमा हालसम्म २० हजार ३ सय १० बटा नमूना परीक्षण गरिएको छ । चितवनसहित विभिन्न १५ जिल्लाका नमूना परीक्षणका लागि भरतपुर आउने गरेका छन् ।