शारदा बोहोरा
घुम्टेको काखमा जन्मिएको हाम्रो सम्बुद्धl
गल्कोटको हावापानीमा हुर्किएको सम्बुद्ध।।
बुद्ध जस्तो शान्त र अटल छ हाम्रो सम्बुद्ध।
सरस्वतीको मन्दिर हो हाम्रो प्यारो सम्बुद्ध।।
सय थरी फूल फुल्छन बाल उद्यानमा।
माहुरी अनि भमरा नाच्छन् मध्यान्न मा।।
खेली रमाइ पढ्छौ हामी सुन्दर उद्यानमा।
भोट, वृक्ष, पन्छी भन्छन् प्यारो बगान।।
बाल उद्यानमा गई बस्दा मन शान्ति हुन्छ।
एकदिन पनि विद्यालय नहुँदा कति मन रुन्छ।।
सम्बुद्धकाे बिचैमा छ मनमोहक माछा पोखरी।
बुझ्दैन हाम्रो मन त्यहाँ एक पल माछा नहेरी।।
सम्बुद्धकाे आँगनीमा अडिग छ सुन्दर धरहरा।
साथैमा चन्द्र सूर्य अंकित झण्डा सधैं फरर।।
पौडी खेल्दा रमाई- रमाई पौडी पोखरीमा।
सबै सुखद पल साँचेका छौ मनको मझेरीमा।
यही सम्बुद्धमा हामी सबै पढ्छौ मिलिजुली ।
छोडे पनि मनमा रहनेछ सम्बुद्ध जुनीजुनी।।
(२०७९/०१/१०)
( एस. एल. सी ब्याच- २०७१)
सम्बुद्ध ए जुकेसनल एकेडेमी
गलकोट नगरपालिका, वार्ड नं-६