सिर्जना गैरे
आहा! बगैँचामा रङ्गीचङ्गी फूल फुलेको।
त्यही फूलमा माहुरी र भवरा डुलेका।।
फूल फुल्यो बगैँचामा बास्ना हरर।
वर्षायाममा आकाश रोयो आँसु धरर।।
बगैँचामा छन् हजुर सय थरी फूल।
त्यही फूलमा माहुरी पर्छन् रनभुल।।
आज मैले गुलाफ फूल सिउरे शिरैमा।
साथी सँगी नभेट्दा पर्छु पिरैमा।।
रङ्गी चंगी अरू छन लालुपाते रातो धेरै।
फुलै फूलमा रम्न पाउने भाग्य रैछ मेरै।।
भाइटीकामा भाईको गलैमा फूलको माला।
भवराको आज किन ठिक छैन है चाला।।
मन्दिर होस की देउरालीमा चढाउने फूल।
बिना कारण फूल टिपी नगर्नु है भूल।।
सबै घर आँगनीमा फुल्छन् मखमली।
सबै भन्दा तिहार हुन्छं झिलिमिली।।
( २०६८/०३/२०)
एस. एल. सी ब्याच-२०७१
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका, वार्ड नं-६