काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५४ जना कोरोना संक्रमित थपिएका छन्। यससहित मुलुकभर शुक्रबार थपिएका कोरोना संक्रमितको संख्या १३५९ जना छ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा ३८६ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएका छन्।
मुलुकमा हालसम्म ४४२३६ जना कोरोना संक्रमित भइसकेका छन् भने त्यसमध्ये २५५६१ जना निको भएर घर फर्किसकेका छन्। त्यसमध्ये पछिल्लो २४ घण्टामा मात्रै १३५४ जना निको भएर घर फर्किएका छन्।
हाल मुलुकमा १८४०४ जना कोरोनाका सक्रिय संक्रमित छन्। त्यसमध्ये १०९४२ जना संस्थागत आइसोलेसनमा र ७४६२ जना होम आइसोलेसनमा रहेका छन्। साथै क्वारेन्टिनमा ६५६१ जना रहेका छन्।
मन्त्रालयका अनुसार १५१ जना र २६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
त्यसै गरी पछिल्लो २४ घण्टामा ४ जना महिला र १० जना पुरुष गरी १४ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७१ पुगको छ।
प्रवक्ता गौतमले नेपालमा हाल १८ हजार ७०४ जना सक्रिय संक्रमित रहेको जानकारी दिनुभयो ।
त्यसैगरी होम आइसोलेशनमा ७ हजार ४ सय ६२ जना रहेका छन् भने संस्थागत आइसोलेशनमा १० हजार ९४२ जना रहेका छन् ।
मन्त्रालयका अनुसार शुक्रबार मात्रै थप १ हजार ३ सय ५४ जना डिस्चार्ज भएका छन् ।
त्यसैगरी हालसम्म कुल डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । हाल क्वारेन्टाइनमा ६ हजार ५६१ जना रहेका छन् भने कुल संक्रमित मध्ये ५८ प्रतिशतलाई निको भएको छ ।
हाल भेन्टिलेटरमा २५ जनाले उपचार गराइरहेका छन् भने आइसीयूमा १५१ जना संक्रमितको उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा १४ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। यसमा चार जना काठमाडौंका छन्।
मृत्यु हुनेमा चार महिला र दश जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता जागेश्वर गौतमले बताए।
मृतकमध्ये महिलामध्ये काठमाडौंका काठमाडौंका ८२, ६७ र २२ वर्षीया तीनजना चिवतनकी ३५ वर्षीया कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ।
यसैगरी, सप्तरीका ५५ वर्षीय दुईजना, धनुषाका ६७ वर्षीय, काठमाडौंका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पलाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपालमा अहिलेसम्म २७१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएएको छ।
जिल्लामा एकै दिन ७४ जना कोरोना सङ्क्रमित थपिएका छन् । दुईवटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ती सङ्क्रमित थपिएका हुन् ।
चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५७ जना र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा १७ जना जिल्लाका सङ्क्रमित थपिएका हुन् ।
भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार थपिनेमा सबैभन्दा बढी भरतपुर महानगरका ५६ जना रहेका छन् ।
यस्तै रत्ननगरका तीन जना, कालिकाका दुई जना, खैरहनीका चार जना र राप्ती नगरपालिकाका–९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । चितवन मेडिकल कलेजको प्रयोगशालामा ७०३ जनाको परीक्षणका क्रममा ८८ जनामा र भरतपुर प्रयोगशालामा ३०२ जनाको परीक्षणमा १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
सङ्क्रमण देखिएकामध्ये ७४ जना जिल्लाका हुन् भने बाँकी ३२ जना बाहिरी जिल्लाका हुन् । योसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ९३३ पुगेको छ ।
यसमध्ये ५९४ भरतपुर महानगरका रहेका छन् । यस्तै खैरहनीका ५३ जना, माडीका ५२ जना, रत्ननगरका ११५ जना, राप्तीका ९७ जना, कालिका नगरपालिकाका १८ जना र इच्छाकामना गाउँपालिकाका चार जना रहेका छन् ।
सङ्क्रमितमध्ये चितवनका ११ जनाको मृत्यु भइसकेको छ । जिल्लाका अस्पतालमा मृत्यु हुनेको सङ्ख्या भने २० पुगेको छ ।
कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि म्याग्दीका शहरी क्षेत्रमा उच्च सर्तकता अपनाइए पनि ग्रामीण क्षेत्रमा भने वेवास्ता गरेको पाइएको छ ।
जिल्लाका ग्रामीण क्षेत्रमा कोरोना भाइरस सङ्क्रमणबाट जोगिन अझै पनि चेतनाको अभाव कायमै छ । महामारीले विश्वव्यापी रुपमा अत्याइरहँदा पनि यस क्षेत्रका स्थानीयवासीले सामान्य अवस्थाको जस्तै दिनचर्या बिताइरहेका छन् ।
शहरी क्षेत्रमा सुरक्षाका उपायहरू अवलम्बन गर्ने गरेको देखिए पनि गाउँघरमा भने सचेतनाको न्यूनता देखिएको हो ।
मानिसको बढी भीडभाड हुने पश्चिम म्याग्दीका कतिपय स्थानीय तहका वडा कार्यालयमा सावुनपानी, मास्क र सेन्टिाइजरको समेत व्यवस्था गरिएको छैन । गाउँघरमा कोरोनाविरुद्धको स्वास्थ्य सुरक्षा सामग्रीको समेत अभाव रहेको पाइएको छ ।
गत आइतबार पश्चिम म्याग्दीको मालिका गाउँपालिका— ७ मराङको वेसीमा म्याग्दी समाज न्यूयोर्क अमेरिकाले उपलव्ध गराएको राहत रकम बुझ्न आएका ५० जनाभन्दा बढी पहिरो पीडितले न मास्क लगाएका थिए न त अन्य कुनै स्वास्थ्य सुरक्षाका साधन नै प्रयोग गरेका थिए । यहाँसम्मकी पहिरोले पुर्याएको क्षतिको लगत सङ्कलनमा खटिएका सुरक्षाकर्मी र वडासचिवले समेत मास्क लगाएका थिएनन् ।
धौलागिरि गाउँपालिका—७ मराङका वडाध्यक्ष राजाराम सुवेदीले गाउँमा कोरोना विरुद्ध चेतना कम भएको स्वीकार गर्नुभयो ।
उहाँले भन्नुभयो, “अहिले गाउँमा पहिरो पीडितको समस्या नै कसरी समाधान गर्ने भन्ने ध्याउन्नमा सबै लागेका छौं, गाउँघरमा मास्क र सेन्टिाइजरको प्रयोग नगरी जथाभावी हिँड्ने प्रवृत्ति पनि व्याप्त छ ।”
यस्तै समस्या पश्चिम म्याग्दीका प्रायः सबै गाउँमा देखिएको छ । गाउँघरमा मेलापात, कुँवा पँधेराजस्ता भीडभाड हुने ठाउँमा समेत सामाजिक दूरीको कुनै वास्ता छैन ।
ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमण र यसबाट जोगिने उपायबारे जनजेतना फैलाउन आवश्यक देखिएको पश्चिम म्याग्दीका पहिरो पीडितलाई सहयोग रकम वितरण गर्न मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका विभिन्न वडामा पुगेर फर्किनुभएका म्याग्दी समाज न्यूयोर्कका प्रतिनिधि पूर्णबहादुर पुनले बताउनुभयो ।
मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले कोरोना सङ्क्रमणको जोखिम कम गर्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो । एउटा घरमा तीन÷चार वटासम्म मास्क पु¥यायौँ । तैपनि लापर्वाही भइरहेको छ । उहाँले भन्नुभयोे, “न मास्क लगाउँछन्, न त सामाजिक दूरी नै कायम गर्दछन् । सेन्टिाइजरको प्रयोग त परैको कुरा भयो ।” ग्रामीण समुदायमा कोरोना सङ्क्रमण फैलिहाल्यो भने त्यसले भयावह रुप लिने र थेग्नै नसकिने जनप्रतिनिधिको भनाइ छ ।
जिल्ला सदरमुकाम बेनीबजारमा भने कोरोना सङ्क्रमण रोक्नका लागि उच्च सर्तकता अपनाइएको छ । स्थानीय प्रशासनले म्याग्दी प्रवेश गर्ने सम्पूर्ण नाका बन्द गरेको छ । झोलुङ्गे पुलमा फलामे वार लगाएर ताला मारिएको छ । मास्क नलगाई बजारमा हिड्डुल गर्नेलाई सुरक्षाकर्मी नियन्त्रणमा लिएर सचेत बनाउने काम गरिएको छ । पसल, कार्यालय, बैंक तथा वित्तीय संस्थामा सावुनपानी र सेन्टिाइजर अनिवार्य राख्न लगाइएको छ ।
त्यसैगरी रुपन्देहीमा कोरोना सङ्क्रमणका कारण आज तीन जनाको मृत्यु भएको छ । दुई जना सिद्धार्थनगर र एक जना बुटवलका सङ्क्रमितको मृत्यु भएको हो ।
होम आइसोलेशनमा रहेका सिद्धार्थनगर नगरपालिका –८ का ४५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिनुभयो । मिर्गौलाले काम नगरेपछि चितवनमा डायलायसिस गरेर फर्किएका उनको बिहान मृत्यु भएको बताइएको छ ।
यस्तै बुटवल उपमहानगरपालिका– १० रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत सिद्धार्थनगर – ७ की ६४ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यही भदौ ४ गते अस्पतालमा भर्ना भएकी महिलामा उच्च रक्तचाप, मधुमेह, मिर्गौला र निमोनियाको समस्या रहेको र कोरोनाको आशङ्कामा स्वाब परीक्षण गर्दा भदौ १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनको स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेकामा बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसअघि बिहान बुटवल उपमहानगरपालिका – ८ का ७८ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको थियो । यससँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।