काठमाडौंमा घटेन कोरोना संक्रमण, आज कहाँ कति संक्रमित थपिए ?

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४०८ जना कोरोना संक्रमित थपिएका छन्।

यससहित पछिल्लो २४ घण्टामा देशभर ३४९ महिला र ६९२ पुरुष गरी १०४१ जना संक्रमित थपिएका छन्। यससँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४५७७७ पुगेको छ।

पछिल्लो २४ घण्टामा उपत्यकाका जिल्लाहरू काठमाडौंमा ३२६ जना, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना संक्रमित थपिएका छन्।

त्यसैगरी पछिल्लो २४ घण्टामा १५६६ जना संक्रमित निको भएका छन्। शनिबार एकैदिन ठूलो संख्यामा संक्रमित निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, २७ हजार १२७ जना संक्रमित निको भइसकेका छन्। यो संक्रमित संख्याको ६० प्रतिशत हो। निको हुने दर ५४ बाट बढेर ६० पुगेको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा एक हजार ४० जनामा संक्रमण पुष्टि भएको छ। ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए। सवैभन्दा बढी आज पनि काठमाडौंमा नै संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ३२६ जनामा संक्रमण देखिएको छ। ललितपुरमा ३७ र भक्तपुरमा ४५ गरी राजधानी उपत्यकामा ४०८ जनामा संक्रमण पुष्टि भएको छ।

राजधानी बाहेक रुपन्देहीमा धेरै संक्रमित थपिएका छन्। रुपन्देहीमा ७१, बाँकेमा ६२, सिरहामा ४१, मोरङमा ३५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। शनिबार थपिएको सहित अहिले देशभर १७ हजार ८७० जना संक्रमित उपचारत छन्। त्यस मध्ये नौ हजार ८६६ संस्थागत र आठ हजार चार जना होम आइसोलेसनमा उपचारत छन्।

शनिबार थप ९ जनाको मृत्यु भएको छ। शनिबारसम्म देशभर संक्रमणबाट २८० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी मुलुकमा कोरोनाका १९१ जना गम्भीर बिरामीको आइसोलेसन र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। कोरोना संक्रमण दिन प्रतिदिन बढेसँगै गम्भीर बिरामीको संख्या पनि बढ्दो क्रममा रहेको देखिएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १६७ जनाको आइसोलेसन र २४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

आइसोलेसनमा राखेर उपचार भइरहेका बिरामीहरू प्रदेश–१ मा ३ जना, प्रदेश–२ मा २८ जना, बागमती प्रदेशमा १०८ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश–५ मा २० जना र कर्णाली प्रदेशमा ३ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

त्यस्तै प्रदेश–१ मा १ जना, बागमती प्रदेशमा २० जना र प्रदेश–५ मा ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

त्यसैगरी कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ९ जनाको मृत्यु भएको जानकारी दिए । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संखया २८० पुगेको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →