काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ३५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा २९० जना, ललितपुरमा ३२ जना र भक्तपुरमा ३२ जना गरी ३५४ जना कोरोना संक्रमित थपिएका छन्।
त्यसैगरी नेपालमा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टामा १० हजार ३८२ ओटा पीसीआर परीक्षण गरिएको जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९०, ललितपुर र भक्तपुरमा ३२र३२ जनामा संक्तमण पुष्टि भएको छ ।
हालसम्म कुल पीसीआर परीक्षण संख्या ७ लाख ६८ हजार ३४५ पुगेको छ । नेपालमा हालसम्म २८ हजार ९४१ जना कोरोना संक्रमित डिस्चार्ज भई घर फर्किएका छन् ।आइतवारमात्रै थप १ हजार ८१४ जना डिस्चार्ज भएका छन् । हाल क्वारेन्टाइनमा ४ हजार ७०३ जना रहेका छन् ।
मन्त्रालयका अनुसार हाल संस्थागत आइसोलेशनमा ९ हजार २०१ जना रहेका छन् । त्यस्तै होम आईसोलेशनमा ७ हजार ८२६ जना रहेका छन् । यसैगरी हाल १७ हजार २७ जना सक्रिया संक्रमित रहेका छन् ।
विगत २४ घण्टाको अवधिमा थप नौ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८९ पुगेको छ । मृत्यु हुनेमा दुई जना महिला र साता जना पुरूष रहेका छन् ।
त्यसैगरी देशका १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोनाभाइरस संक्रमित रहेका छन्। प्रदेश १, २, बागमती र प्रदेश ५ का विभिन्न १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम बताएका छन्।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा गौतमले दिएको जानकारी अनुसार प्रदेश १ का मोरङ र सुनसरीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।
यस्तै, प्रदेश २ का धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र प्रदेश ५ को रूपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको गौतमले बताए।
उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ। अहिलेसम्म ४६ हजार २७५ जना कोरोना संक्रमित भएकोमा २८ हजार ९४१ जना निको भएका छन्। १७४ जनाको आईसीयू र २७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टामा २९० महिला र ६९० पुरुष गरी १८० जना संक्रमित थपिएका छन् भने सोही अवधिमा एक हजार ८१४ जना निको भएका छन्।
थप ९ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा २ महिला र ७ पुरुष रहेका छन् ।
मृत्यु हुनेमा मोरङका ६४ वर्षीया र झापा ४५ वर्षीया महिला रहेका छन् ।
त्यसैगरी काठमाडौंका ७४, ६८ र ८५ वर्षीय, मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय र चितवनका ७० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट निधन भएको जनाइएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।
यसैबीच सरकारले वीर अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले वीर अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार वीर अस्पतालमा पाइने सबै नियमित उपचार सेवालाई राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध गर्ने निर्णय समेत गरेको छ।