कविता – हाम्रो गलकोट

अन्जु बुढाथोकी

हराभरा डाँडा पाखा रमाईलो छ ठाउँ।
सबै सँग प्रीति गाँस्ने छन यहाँका गाँउ।।

गल्कोटको सान घुम्टे छन् हाम्रो शिरमा।
सबैजना रमाउँछन् कोही छैन पिरमा।।
जता ततै रमाईलो छ वारी र पारी।
सबै जातका यो साझा फूलबारी।।
फाँटमा धान हिउँदमा झुल्दछ लहलह।
आँखैमा छ गाईघाट अनि गाजाको दह।।
खेती किसानी मा यहाँ गर्दछन् अर्मा- पर्मा।
एक अर्काले बुझ्दछन् यहाँ सबैको मर्म।।
खेली रमाई यही ठाउँमा भयौं ठूला।
कसैले पनि आफ्नो ठाउँ नभुल।।
सहिद थिर बम जन्मेको भूमि छ यो पवित्र।
सहिदको सपना छ गल्कोटे हामी सबै भित्र।।
यही छ मूर्तिकला केन्द्र, कोटघर अनि दरबार।
गल्कोटे ले गर्दछन् सम्मान सबैलाई बराबर।।
( एस. ई. ई. ब्याच- २०७६)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका, वार्ड नं- ६

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →