कविता – समुन्द्र पारीको यात्रा

बबिता गैरे
स्कूल, कलेजको सर्टिफिकेट हातमा,
पासपोर्ट, नागरिकता राखेर साथमा,

धाउँदै थिएँ काठमाडौं काे कुना- कुना,
राम्रो कन्सल्टेन्सी काे खोजीमा,
अमेरिका, अष्ट्रेलिया छ पहिलो रोजाइमा।
अङ्ग्रेजी भाषाको लागि गर्दै थिएँ तयारी,
सपनाको जहाजमा थिएँ सवारी,
लिएकैहो अंक ७ बल्ल- तल्ल,
कहाँ?
के?
कुन कोर्स?
पढ्ने भन्नेमा भयो अल मल।
ऋण खोजेरै भएनी जम्मा गरें पैसा।
सोचेकै थिएँन प्रदेशमा खेर जानेछ यो वैश।
महिनौ लागेर बन्यो पेपर,
बाँकी थियो भिसा काे लागि औंठाछाप।
थन्किएर बसे महिनौं सम्म,
बैंक अकाउन्ट मा हात्ती काे चाप।
ऋण डुब्ने दर।
विदेशमा सपनाको घर।
भगवानप्रति हुन थाल्यो आस्था र भर।
नमः देव, हरे कृष्ण, गुन्जिन थाल्यो स्वर।
जसरी हुन्छ मेरो भिसा झारिदेऊ परमेश्वर।
छुट्टै हुन थाल्यो समाजमा हिँड्ने रवाफ र सान।
भिसा फल्यो, सपिङ बढ्यो, बढ्यो सम्मान।
धरोधर्म ढाट्य छैन,
ट्रिट दिएर गरेकै हो जात्रा।
हरियो पासपोर्ट हातमा,
टिका अनि दोसल्ला काे भारी सँगै सुरु भयो
समुन्द्र पारीको यात्रा।
( यात्रा पछिको जीवन अर्को भागमा)
यस. एल. सी ब्याच – २०७०
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका, वार्ड नं – ६
बागलुङ, नेपाल

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →