कविता – साथी

सृष्टि मल्ल
साथी सबै मिली खेल्छौ रमाई – रमाई।
कहीं जाँदा नछुटिकन हिड्छौ हात समाई।।

सुष्मा, मुस्कान, दिपा, ममता, असिम मेरा साथी।
सबै सँगै लक्ष मा पुग्ने रहर छ माथी माथी।।
हामी सबै स्कूलमा रमाई रमाई पढ्छौ।
छुट्टी हुँदा फुर्सदमा मिलीजुली खेल्छौ।।
धेरै भयो कोरोना ले गर्दा भेट भएको छैन।
फोन मा कुराकानी भए पनि मन बुझ्या हैन।
कहिले होला भेट हुने सबै जना स्कूलमा।
मन रुवायो कोरोना ले पार्यो रनभुलमा।।
छ, सात महिना वितिगयो स्कूल नगएरै।
स्कूल, गुरु, साथी सबैलाई मिस् गरेछु धेरै।।
( कक्षा -७ )
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका, वार्ड नं -६
बागलुङ, नेपाल

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →