गजल

घनश्याम न्यौपाने परिश्रमी
छ ऊर्जा पाउँदै यो जिन्दगानीले
नदी भेट्ने लिएझैँ लक्ष्य पानीले
छ उस्तै रातिको जस्तै अवस्था यो
दियो के खै, उदाएकाे बिहानीले

भनेका छन् विकेन्द्रीकृत भयो शासन
चलाएकै छ सत्ता राजधानीले
अरू पुर्जा त्यसै देखाउँछन् फुर्ती
छ धानेकाे सबै भारी कमानीले
मलाई प्रेमकाे तातो दियो मात्रै
उनीलाई बिगार्‍याे रे जवानीले
कसैलाई छु सम्झेकाे र च्यापेकाे
कुरा मनको कहाँ बुझ्थ्याे सिरानीले
हिँडेका छौ तिमी गन्तव्य खाेजीमा
हुने नै हो कतै दर्ता चलानीले
बहर- हजज मुसद्दस सालिम
अर्कान- 1222.1222.1222
काफिया- अानी
तहलिली रदिफ- ले
उज्यालो पाठशालामा सिर्जित

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →