जुना क्षेत्री
हे आमा, तिमी ममताकी खानी हौ।
तिमी छौ र पो हामी अस्तित्वमा छौ।।
दुःख सहि नौं महिना कोखिमा राख्यौं।
भगवान सँग हामीलाई वरदान माग्यौ।।
आमा तिमी दुर्गा अनि सरस्वती हाम्रो।
हामीलाई लाग्छ संसारमै तिमी नै राम्रो।।
आमा तिमी सहनशीलताको अर्को रुप।
तिमी बिना हाम्रो होइन केही पनि सुख।।
तिमी बिना हाम्रो जीवन हुन्छ अधुरो।
तिमी नहुँदा सबै कुरा लाग्छ अपुरो।।
तिमी हाम्रो एक मात्र जिउने सहारा।
तिमी बिना हुन्छौ हामी बेसाहारा।।
( एस. ई. ई ब्याच -२०७६)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका, वार्ड नं ६
बागलुङ, नेपाल