काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा दैनिक संक्रमित पुष्टि हुने दरमा रेकर्ड कायम भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा हालसम्मकै उच्च संख्या ५ सय ७६ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्येका झन्डै आधा ५ सय ७६ संक्रमित काठमाडौं उपत्यकाका मात्रै छन् ।
उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लाका मात्रै ४ सय ९५ छन् । काठामाडौं जिल्लामा १ सय ४७ महिला र ३ सय ४८ जना पुरुषमा कोरोना देखिएको हो ।
यस्तै, ललितपुर जिल्लाका ४३ र भक्तपुर जिल्लाका ३८ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या भने ५० हजार नाघिसकेको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएसँगै कूल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।
उपत्यका बाहिर आवतजवातमा थप कडाइ
काठमाडौं । काठमाडौं प्रशासनले उपत्यकाबाहिर आवतजावतमा थप कडाइ गरेको छ।
बिहिबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना मार्फत काठमाडौं उपत्यका बाहिर आवतजावतमा यसअघि गरिदै आएको सहजिकरणमा थप कडाई गरिएको जनाएको छ।
कोरोना भाइरस महामारीको जोखिमलाई ख्याल गर्दै काठमाडौं प्रशासनले पछिल्लो निर्णय लिएको हो।
अब अत्यावाश्यक कामबाहेकमा काठमाडौ बाहिर आवतजात गर्न का लागि प्रशासनले सवारी पास उपलव्ध गराउने छैन।
अत्यावश्यका कामका लागि जानुपर्ने भए पनि निवदेन दिनुपर्ने, गन्तव्य स्थानीय तहको सिफारिस चाहिने, लगायतका कामजात पुरा भएपछि जाने व्यक्ति स्वयंम उपस्थित हुनुपर्ने काठमाडौं प्रशासनले आफ्नो सूचनामा उल्लेख गरेको छ।
थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३१७ पुग्यो
नेपालमा एकै दिन थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय १७ पुगेको छ।
३ वटा जिल्लाका १ महिला र ४ पुरुष गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्र तीन जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
काठमाडौंमा मात्र ५५ वर्षीया महिला, ५९ र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ। चितवनमा ६२ र कपिलवस्तुमा २९ वर्षीय पुरुषको मृत्यु भएको छ।
नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यसअघि बुधबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।