अस्मिता कार्की
पञ्चतत्व मध्येको एक।
सबैभन्दा सर्वश्रेष्ठ।
सबै जीव,
अनि जगत काे प्राण,
वायु।
सबै, सबै
जीवको निर्भर रहन्छ,
यसैमा आयु।
न देख्न सकिन्छ।
न छुन सकिन्छ।
दयालु छ।
सबै प्राणी लाई बिना भेदभाव बचाउँछ।
तर
तर
आज वायु दिन प्रतिदिन प्रदुषण हुँदै छ।
कसलाई थाहा भित्र भित्र कति रुँदै छ।
दिनप्रतिदिन,
रोगी हुँदै छ।
शोकी हुँदै छ।
उसको रोग,
उसको शोक,
कसले बुझ्ने?
कहिले बुझ्ने?
हामीले नबुझे , कसले बुझ्ने?
हे, मानव।
नबनौं न दानव।
भोलि होइन, आजै बाट,
आज होइन अहिल्यै बाट।
सबै जुटौं
वायु काे बचावट काे लागि,
वायुको स्वस्थताको लागि,
जब वायु स्वस्थ रहन्छ, तब हामी स्वस्थ रहन्छौ।
जब वायु नासिन्छ, तब हामी पनि मासिन्छौ।
त्यसैले,
हामी सबै वायुको संरक्षण मा जुटौं।
प्रदुषण रोकौं, वृक्ष रोपण गरौं।
( यस. एल . सी ब्याच – २०७६)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका, वार्ड नं -६
बागलुङ, नेपाल