अन्जु बुढाथोकी
सानो छँदा हाम्रो हात समाउँदै हिँड्न सिकायौ।
जति दुःख पिडा भएनी ओठमा हाँसो देखायौ।।
आफ्नो खुसी नहेरेर हामीलाई खुसी दियौ।
सन्तान मै छ मेरो खुसी भन्दै अघि हिँड्यौं।।
आफ्नो खुट्टा नाङ्गो राखी मलाई जुत्ता कीन दियौ।
खाली पाउको वास्ता नगरी कर्तव्यमा लम्किरह्यौ।।
समयका ती कठिन घडी हरु एक्लै सहयौ।
आफ्नो आँसु लुकाएर हामीलाई हाँसो दियौ।।
सहनशीलताको अर्को रुप तिमी हाम्रो बाबा।
तिम्रो जिउने सहारा बन्छौ हामी सदैब अब।।
बाबा तिमीले लगाएको गुन भुल्ने छैनौं हामी।
तिम्रो मार्गनिर्देश आत्मसाथ गरी बन्नेछौ ज्ञानी।।
ठूलो होइन असल बनोस् भन्ने तिम्रो चाहना।
पूरा गर्नेछौ हामी सबै तिम्रा ती रङ्गिन सपना।।
( यस. एल . सी ब्याच – २०७६)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका, वार्ड नं -६
बागलुङ, नेपाल