कविता – रूख

रूपा घर्ति मगर
गहिरो नाता मेरो जमिनसँग,
जरा जमिन मै जोडिएको।
जिउ मेरो एकदमै ठूलो,
हरियो कपाल ले सजिएको।

आराम गर्न आउँछन् बटुवा,
मेरै काखमा।
आनन्दको महसुस गर्दछन,
आफ्नै भाका मा।
जीवलाई आश्रय दिन्छु,
मेरै शरीर मा बनाउँछ गुँड चरी।
पशुलाई आहार बन्छु,
जन्तुलाई छहारी दिन्छु पर्दा पानी झरी।
सारा जगतमा जीवनको लागि,
प्राण वायु दिन्छु।
प्रकृति प्रदुषित नहोस् भनी,
पोहोर तत्व मै सोसी लिन्छु।
मानिसलाई मै दिन्छु,
गास, बास अनि कपास।
म अनि अन्य जन्तु बिचको सम्बन्ध,
छ सधैं खास।
मेरै कारण मूल फुट्छ,
खोला सुसाउँछ।
म छु र त,
सिरिसिरी पवन बहन्छ।
भिरालो पाखालाई,
बाडी पहिरो बाट जोगाउछु।
मानिसलाई ,
त्यही पहिरो बाट बचाउछु।
( यस. एल. सी ब्याच -२०७६)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका, वार्ड नं -६
बागलुङ, नेपाल

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →