कविता – प्यारो बागलुङ

सल्मा बुढाथोकी

प्यारो बागलुङ रहेकोछ धवलागिरी काखैमा।
नाच्दै गाउँदै हुरक्यौं हामी सालैजो भाकैमा।।

सफा, सुन्दर अनि शान्त छ यहाँको प्रकृति।
स्वर्ग जस्तै ठाउँ अनि नेपाल जस्तै आकृति।।
यहाँ चल्छ अर्मा – प्रमा, ऐँचो पैँचो दुःख पर्दा खेरी।
सबैलाई देख्छन् समान गर्दैनन् यहाँ कोही झेली।।
लहलह धान झुल्छन यहाँ काे बेसी फाटमा।
संघर्ष गर्छन् सबै यहाँ संसार जित्ने अाटमा।।
झुल्किन्छ घाम पहिलो प्रहर घुम्टेको शिरैमा।
ढोरमा ठूलो पाटन छ यहाँ उत्तरगंगा छेउमा।।
बागलुङको कालिका श्रद्धाको खानी हो।
गलकोट दरबार आफैमा सानदार छ यो।।
( एस. ई . ई ब्याच- २०७६)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका, वार्ड नं -६
बागलुङ, नेपाल

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →