~डा. विदुर चालिसे
मैले एक अध्याय पाठ सकेकाे थिएँ । मेराे पाठमा थुप्रै थुप्रै ऐतिहासिक महापुरूषहरूकाे पहिचान लेखिएकाे थियाे । म तिनका साहस र उदेकलाग्दाे रसिलाे जीवनका कथाहरू पढेर निकै लाेभिन्थेँ ।
पढ्दापढ्दै मेराे नजिक आएकाे भारदारिया पामर साथी ममाथि खनिएर कराउँथ्याे ।
–“कसैले नपढेकाे इतिहास पढ्छस्, गाेरू !”
मेराे विद्वताप्रति उसकाे आरिस झैं लागेर मलाई झाेक चल्याे र जवाफ फर्काएँ ।
–“तँलाई महान व्यक्तिहरूकाे आदर्श र साहस बारे के थाहा ?”
–“हाे, थाहा छ सबैका कथाहरू !”
म, साथीका अगाडि निकै ठूलाे पढैया हुँला भन्ठाने पनि उस्काे यस्तै छुद्र हेपाइले मेराे दिमागमा अति नै ठूलाे तिक्तताकाे दरार आयाे । तब उसलाई प्रश्न गरेँ ।
–“इतिहास पढ्दैमा गाेरू भइन्छ र मूर्ख ?”
–“पछि थाहा पाउँदै जालास्, मूर्खताकाे परिचय !”
त्यसपछि मैले त्यस्ता ऐतिहासिक महापुरूषहरूकाे सन्दर्भमा पढ्न चटक्क छाेडिदिएँ । तर पनि मेराे मनमा जखमका साथ एउटा ऐतिहासिक प्रश्न निकै उठिरहेकाे थियाे ।
–“रजाैटा उन्मुलन प्रकरण !”
नयाँ सन्दर्भमा मेराे जीवन नयाँ ढङ्गले बितिरहेकाे थियाे । एक समय मसँग भावना थियाे । विगतमा पढेका इतिहासका पन्ना च्यातेर डाेकाेमा थन्क्याएँ । गरिबलाई बटुलेँ । अपाङ्गलाई पनि आश्वासन बाँडेँ । बृध्दलाई भत्ताकाे लाेभ देखाएँ । जवानहरू विना श्रम सडकमा दाैडाएँ । श्रमिक वर्गलाई अधिकार पढाएँ । निर्धनहरूकाे गाँस, बास, कपासकाे नारा खुब लगाएँ । अब कसैले खान नपाएर भाेकभाेकै मर्न नपर्ने भयाे । तमाम तयारी पछि मैले एकदिन आफ्नै इतिहास बारे साेचेँ ।
–“जहाँ सत्ता त्यहाँ शक्ति, जहाँ शक्ति त्यहाँ इतिहास !”
पुरानाे इतिहासमा त्यसै हराउँदै गएका तर मेरा मानस पटलका भारदारका इतिहासहरू मेराे मनमा खुब घुमिरहेकाे नै थियाे । जब भारदारहरूकाे विरासत खाेज्न देश दाैडाहामा थिएँ तब प्रत्येक चाेक र गल्लीहरूमा बजिरहेकाे राष्ट्रिय धुनका अगाडि एउटा निर्विवेकी प्रादेशिक प्रतिमूर्ति, स्टेजकाे बीच निष्प्राण सालिक झैं उभिएर धुनमा रङ्गिरहेकाे थियाे । न उसमा लज्जा थियाे न हीनताबाेध नै । उसकाे चेहरामा राताे र अमिलाे सगर्व खुनकाे उत्कर्ष उम्लिरहेकाे देखिन्थ्याे । हेर्दाहेर्दै मेराे आँखामा विगतका इतिहासका पात्रहरू विलिन भए । उनीहरू मनबाट बिस्तारै हराउँदै जान थाले। मेराे मनमा अर्काे इतिहासकाे पन्ना च्यातियाे। यसपछि मैले आफ्नाे शक्तिलाई अस्तित्वमा बदल्न घाेषणा गरेँ ।
–“महापुरूषकाे सान !”
बाटाेमा धेरै समयपछि साेही राष्ट्रिय धुन बजेकाे छेउतिर मेराे पुरानाे साे भारदार साथीलाई भेटेँ। उसले मलाई निकै गम्भीर प्रश्न गर्याे ।
–“थाहा पाइस् त रजाैटाकाे इतिहास ?”
मेराे विद्वताकाे अनुहार राताे भयाे । मैले राष्ट्रिय धुनकाे अगाडि उभिएकाे प्रतिमूर्तिलाई साथीकाे भाव लयमा उपनाम दिएँ ।
–“यस जमानाका भुरेटाकुरे राजा !”