कविता – आमा

अस्मिता बुढाथोकी

फाटेको त्यो गरिबी चिहाउनेआमाको चोली सिउँनु छ।
तिम्रा ती रङ्गिन सपना पूरा गर्न सङ्घर्ष गरी जिउनु छ।।

भोगाईका नागबेली धर्सा त्यो मुहारमा सुखले हर्नु छ।
हाम्रो बास, भत्किएको त्यो खरको छानो फेर्नु छ।

तिमी जस्तै निडर बनि हिंसा विरुद्ध कदम चाल्नु छ।
समाजको गर्भमा रहेको भेदभाव जरै देखि फाल्नु छ।।

नौं महिना सम्म राखेको कोखिको भारा सगौरव तिर्नु छ।
सारा दुःख भुलेर सुखको डुङ्गामा तिमी सँगै फिर्नु छ।

तिम्रो पदचाप पछाई आदर्श समाज निर्माण गर्नु छ।
तिम्रो नाम इतिहासमा लेखाई अन्तिम सास फेर्नु छ।।

पुरुष प्रधान समाजमा सबैमा समानता ल्याउनु छ।
तिमी जस्तै म पनि सहनशीलताको प्रतिक बन्नु छ।।
( एस. एल. सी ब्याच – २०७३)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका -६, बागलुङ

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →