कविता – हाम्रो सम्बुद्ध

बेन्जुका मल्ल
मैले पढ्ने विद्यालय प्यारो मेरो यो सम्बुद्ध,
ज्ञान गुण काे शिक्षा दिन्छ प्यारो मेरो यो सम्बुद्ध।

फुलै फूलको बीचमा छ यो काँडा भित्र गुलाब झै,
सगरमाथा शिर झैं उच्च छ यो प्यारो मेरो सम्बुद्ध।
सबै मिली पढ्छौ हामी असल मान्छे बन्नलाई,
माछालाई पानी जस्तै प्यारो मेरो यो सम्बुद्ध।
अटल घुम्टे शिर यसको कलकल दरम काख,
चारै तिर हरियाली बिचैमा प्यारो मेरो सम्बुद्ध।


असल ज्ञानी शिक्षक हरु जिन्दगीका गुरु,
विश्व जगत मा नाम कमाउने प्यारो मेरो यो सम्बुद्ध।
मैले पढ्ने विद्यालय प्यारो मेरो यो सम्बुद्ध,
ज्ञान गुण काे शिक्षा दिन्छ प्यारो मेरो यो सम्बुद्ध।
( एस. एल . सी ब्याच – २०७०)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका -६, बागलुङ

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →