काठमाडौं । नेपालमा ६ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ ।
अहिले यी जिल्लामा एक जना पनि कोरोना संक्रमित छैनन् । ९ जिल्लामा भने सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ ।
यो पनि नेपालमा एकैदिन थपिए दुई हजारभन्दा बढी संक्रमित शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले मोरङ, सुनसरी, सिराहा, काठमाडौंमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको जानकारी दिए ।
त्यसैगरी भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देहीमा पनि सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेको प्रवक्ता गौतमले बताए । ·
यसैबीच नेपालमा कोरोना भाइरस ९कोभिड—१९० बाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ५ जना पुरुषको मृत्यु भएको हो ।
काठमाडौंमा ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ८२ वर्षीय पुरुष र ललितपुरमा ६६ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै मोरङमा ६६ वर्षका २ जना पुरुषको मृत्यु भएको छ ।
यस्तै नवलपरासी ६६ वर्षीया महिलाको मृत्यु भएको हो ।
आज नेपालमा २ हजार २० जनामा कोरोना पुष्टि भएको छ ।
११ हजार ४ सय ५८ जनामा पीसीआर परीक्षण भएकोमा महिला ६ सय ३९ र १३ सय ८१ पुरुषमा संक्रमण देखिएको हो । आज काठमाडौंमा ६ सय ८९, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जनामा संक्रमण देखिएको छ ।
आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ५ सय २१, प्रदेश नम्बर २ मा ८ सय ९०, बागमती प्रदेशमा ५ हजार २ सय ९६ र गण्डकी प्रदेशमा ८ सय ६३ जना रहेका छन ।
यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय ६३, कर्णाली प्रदेशमा २ सय ८५ र सुदूरपश्चिम प्रदेशमा २ सय ७७ जना गरी आज देशभरी ९ हजार २ सय ९५ जना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ९०, प्रदेश नम्बर २ मा १ हजार ७७, बागमती प्रदेशमा ४ हजार १ सय ९७ र गण्डकी प्रदेशमा १ सय ८७ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ३७, कर्णाली प्रदेशमा १ सय ८६ र सुदूरपश्चिम प्रदेशमा ३ सय १४ गरी देशभरी ८ हजार ८८ जना होम आइसोलेसनमा हरेका छन ।
आज आइसीयुमा १ सय ७३ र भेन्टिलेटरमा ३६ जना संक्रमित उपचाररत रहेका छन् ।
आज ८ सय ७१ जना संक्रमति डिस्चार्ज भएका छन् ।
आजसम्मद प्रदेश नम्बर १ मा३ हजार ८ सय ४७, प्रदेश नम्बर २ मा ११ हजार ९ सय, बागमती प्रदेशमा ९ हजार ७ सय ७१ र गण्डकी प्रदेशमा २ हजार ५ सय ३४ जना डिस्चार्ज भएका छन् ।
यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ९ सय ६०, कर्णाली प्रदेशमा ६ हजार ६ सय ५७ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ५१ जना गरी आजसम्म ४३ हजार ८ सय २० जना संक्रमित निको भएर घर फर्किएका छन् ।