काठमाडौंसहित देशमै अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए, थप ७ जनाको मृत्यु

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ८५९ जना संक्रमित थपिएका छन्। यो एकैदिन थपिएको अहिलेसम्मकै सर्वाधिक संख्या हो। थपिएकामध्ये काठमाडौंका मात्र ६९८ जना रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २१६ महिला र ४८२ पुरुष, भक्तपुरमा ४८ महिला र ३४ पुरुष तथा ललितपुरमा ३२ महिला र ४७ पुरुषमा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टायता देशभर भने २०२० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले दिएको जानकारी अनुसार हाल मुलुकमा १ हजार ३८३ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। त्यसमध्ये ९२९५ जना संस्थागत आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेका छन्।

पछिल्लो २४ घण्टायता कोरोनाबाट ७ जनाको मृत्यु भएको छ भने ८७१ जना निको भएका छन्। यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको छ। मृतकको संख्या ३९० पुगेको छ।

हाल क्वारेन्टिनमा ७७३६ जना रहेका छन्। पछिल्लो २४ घण्टामा ११ हजार ४५८ वटा पीसीआर नमूना परीक्षण भएको छ।

यस्तै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पछिल्लो २४ घण्टामा ह्वात्तै बढेको छ। एकैदिन थप २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६१५९३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा १७३८३ जना कोरोनाका सक्रिय संक्रमित छन्। त्यसमध्ये ९२९५ जना संस्थागत र ८०८८ जना होम आइसोलेसनमा रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८७१ जना निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४३८२० पुगेको मन्त्रालयले जनाएको छ।

हाल क्वारेन्टिनमा ७७३६ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा ११४५८ जनाको पीसीआर परीक्षण गरिएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या ३९० पुगेको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टायता थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ।

मृत्यु हुनेमा काठमाडौंका ८८ वर्षीय पुरुष र ८५ वर्षीया महिला रहेका छन्। त्यस्तै ललितपुरकी ६६ वर्षीया महिला रहेकी छन्। यससँगै भक्तपुरका ८२ वर्षीय, मोरङका ६६ वर्षीय र ६६ वर्षीय तथा नवलपरासीका ३१ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।

नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पछिल्लो २४ घण्टामा ह्वात्तै बढेको छ। एकैदिन थप २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६१५९३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा १७३८३ जना कोरोनाका सक्रिय संक्रमित छन्। त्यसमध्ये ९२९५ जना संस्थागत र ८०८८ जना होम आइसोलेसनमा रहेका छन्।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →