काठमाडौंमा कोरोना संक्रमित र मृतक ह्वात्तै बढे, आज कहाँ कतिको मृत्यु, कति संक्रमित ?

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमितको संख्या लगातार बढेको छ । काठमाडौं उपत्यकामा ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौंमा ६०२, भक्तपुर १०१, ललितपुर ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौंमा २३० महिला र ३७२ पुरुष, भक्तपुरमा ४१ महिला र ६० पुरुष, ललितपुरमा ३४ महिला र ३० पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

शनिबार काठमाडौंमा पाँच सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना गरी ७११ कोरोना संक्रमित देखिएका थिए ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टायता १३२५ जना कोरोना संक्रमित थपिएका छन। यससँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ६४१२२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमार्फत दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टायता ९६६ जना संक्रमणमुक्त भएका छन्। यससँगै हालसम्म संक्रमित भएका ४६२३३ जना संक्रमण मुक्त भएका छन्।

देशमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या १७४७८ छ। त्यसमध्ये ९०७१ जना संस्थागत आइसोलेसनमा र ८४०७ जना होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ९५८४ वटा नमूना पीसीआर परीक्षण भएको छ। हाल क्वारेन्टिनमा ७४५१ जना रहेका छन्।

आज संस्थागत प्रदेश नम्बर १ मा ३ सय ३, प्रदेश नम्बर २ मा ८ सय ७३, बागमती प्रदेशमा ५ हजार ३ सय ३९ र गण्डकी प्रदेशमा ६ सय ८९ जना रहेका छन । प्रदेश नम्बर ५ मा १ हजार २ सय ७७, कर्णाली प्रदेशमा २ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ३ सय ३५ गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना संक्रमित रहेका छन ।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ८९, प्रदेश नम्बर २ मा ९ सय ९८, बागमती प्रदेशमा ४ हजार ६ सय १ र गण्डकी प्रदेशमा ३ सय १६ जना रहेका छन । प्रदेश नम्बर ५ मा ७ सय ५६, कर्णाली प्रदेशमा २ सय ४ र सुदूरपश्चिम प्रदेशमा २ सय ४३ गरी देशभरी देशभरी होम आइसोलेसनमा ८ हजार ४ सय ७ जना संक्रमित रहेका छन । आज १ सय ९० जना आइसियु र ३६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन । ७ हजार ४ सय ५१ जना क्वारेन्टिनमा रहेका छन ।

आज ९ सय ६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ४ हजा १ सय ९, प्रदेश नम्बर २ मा १२ हजार २ सय ३३, बागमती प्रदेशमा १० हजार ९ सय ४१ र गण्डकी प्रदेशमा २ हजार ७ सय ९ जना संक्रमित डिस्चार्ज भएका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ८ हजार २ सय ९५, कर्णाली प्रदेशमा २ हजार ७ सय ४ र सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय ४३ गरी देशभरी ४६ हजार २ सय ३३ जना संक्रमित निको भएर घर फर्किएका छन ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टायता कोरोनाबाट १० जनाको मृत्यु भएको छ। यससँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौं उपत्यकाका मात्रै ६ जना रहेका छन्। मृत्यु हुनेमा काठमाडौंका ४०, ६०, र ६३ वर्षीया महिला तथा ८२ वर्षीय पुरुष छन्। साथै ललितपुरमा ७५ वर्षीया र भक्तपुरमा ७२ वर्षीया महिलाको पनि कोरोनाबाट मृत्यु भएको छ।

यससँगै पाल्पामा ४० वर्षीया महिला, चितवनमा ८० वर्षीय पुरुष र रुपन्देहीमा ६७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →