कविता – पहाड

सरस्वती बुढाथोकी
सृष्टिको अनुपम वरदान यो छ विशाल।
यसैको माथि दान्तलहर झै छन् हिमाल।।

डाँफे, मुनाल पंख फिजाइ यही नाच्छन्।
कोइली चरी सुरिलो भाका यही गाउँछन्।।

यसैको बगेली बाट झरना छुट्छन्।
यसैको गर्व बाट मुहान सबै फुट्छन्।।

लहलहाउँछन धानका बाला काखमा।
सबै जीव हुर्कन्छन् यसैको साथमा।।

जीवलाई दिन्छ बास, गास अनि कपास।
यही हो धेरैको प्राण दाता खासमा खास।।

भिराला पाखा देखिन्छन् अति सुन्दर।
यसको रूपले फुरुङ्ग नहुने काे छ र।।
( एस. एल. सी ब्याच -२०७१)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका-६, बागलुङ

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →