कविता – मेरो गाउँ

अस्मिता कार्की
आऊ साथी, घुम्न जाउँ मेरो प्यारो गाउँ।
म जन्मि हुर्किएको मेरो प्यारो ठाउँ।।

कलकल बग्छ बिचैमा दरम खोला।
गाईघाट झरनामा नरमाउने काे होला।।
फेदीमा समथर फाँट घुम्टे यसको सिर।
कहाली लाग्दो देखिन्छ पारी राम्चे भीर।।
सबै जातका मानिस यहाँ बस्छन मिलीजुली।
दिन अनि महिना बित्छ सधैं हाँसि खेली।।
चैते दशैंमा आउनु है कोटमा मेला भरौला।
वैशाखपूर्णिमा मा सँग सँगै घुम्टे चढौला।।
सालैजो र कौडा भाकामा कम्मर भाँचौला।
रानी वनमा सबैजना मनैभरि गित गाउँला।।
(एस. ई. ई ब्याच – २०७६)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका- ६, बागलुङ

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →