कविता -सगरमाथा

अन्जु बुढाथोकी
संसारमै सबै भन्दा अग्लो माथ भएको सगरमाथा।
सारा नेपालीको छ तिमी सँग धेरै गहिरो नाता।।

संसारकै सर्वोच्च शिखर हाम्रो देशको गौरव अनि शान।
सधैं भरी अटल भै उभिरहन्छौ राख्न देशको नाम।।
प्रकृतिको रचना तिमी छौ धर्तीमा सबै भन्दा माथी।
संसारकै पर्वत शृंखलाहरु हुन् तिम्रा हितैसी साथी।।
सेताम्य हिउँको श्रृङ्गार मा देखिन्छौ तिमी सुन्दर।
तिमीलाई अवलोकन गर्ने रहर नभाको काे छ र।।
नेपाल अनि नेपालीलाई चिनायौं संसार भरीमा।
सधैं उच्च राख्यौं नेपालको नाम अनि गरिमा।।
तिम्रै गर्व बाट हिम नदीहरू बग्दछन् अविरल।
उर्वर बनाउँछन् नेपाल भूमि दिई मलजल।।।
(एस. ई. ई ब्याच – २०७५)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका -६, बागलुङ

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →