कविता – परदेशी बाबा

सुष्मा चोखल
झरी पर्दा नभिज्नु है कहिल्लै त्यो बिरानो मुलुकमा।
हजुरको पसिनाले साटेको महलमा छौं हामी सुखमा।।

बिरामी मा आफ्नो ख्याल राख्नु हामी सबै ठीक छौं।
चिन्ता नलिनु है हजुरको जीवन सारथी हामी नै हौं।।
समयमा नै खानु बस्नु है जीवन रहे सबै सबै रहन्छ।
मरी लानु के छ र, धन पैसा आज नभए भोलि हुन्छ।।
सुनामी आउँछ भन्ने सुन्छु चनाखो रहनु है हरपल।
सकुशल छौं, भोग्नु पर्छ सबैले आफ्नो कर्म फल।।
कोरोना काे महामारीमा आफू सुरक्षित सधैं रहनु है।
हामी यहाँ ठीक छौ हामीलाई सम्झी एक्लै नरुनु है।।
त्यो बिरानो मुलुक छोडी अब छिट्टै आउनु है घर।
सबै सँगै बसौं अब जिन्दगीको के नै छ र भर।।
(एस. ई. ई ब्याच – २०७५)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका -६, बागलुङ

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →