सलिना बोहोरा
बेसी फाँट काे बिचैमा छ मेरो प्यारो घर।
मलाई लाग्छ सबै भन्दा यसैको नै भर।।
हरियाली डाँडा पाखा रमाईलो छ बस्ती।
यही घर आँगनमा हामी गर्छौ सधैं मस्ती।।
आँगन को वरिपरि फुल्छन् सयौँ थरी फूल।
त्यही फूलमा नाच्छन् पुतली र महुरीका हुल।।
वल्लो घर पल्लो घर सबै साथी भाई जस्तै।
घरै घरको ताँती देख्दा हुन्छन् जोकोहि लठ्ठै।।
चाडपर्वमा बज्छन् आगनीमा नौमती बाजा।
मलाई लाग्छ मेरो गाउँको परम्परा सबै साझा।।
घरै माथि ठूलो गाउँ छ तल बग्छ दरम खोला।
आफ्नो घर प्यारो नलाग्ने संसारमा काे होला।।
( कक्षा – ८)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका -६, बागलुङ