रिमा चोखाल
मेरो देशले सगरमाथालाई शिरमा बोकेको छ।
न कोही सँग कहिल्लै हारेको छ न झुकेको छ।।
जन्मे यही धर्तीमा शान्तिका दूत गौतम बुद्ध।
जान्दैनन् नेपाली छलकपट चित्त छ शुद्ध।।
अरनिको, भृकुटी अनि सीता जन्मेको भूमि यही।
भूगोलमा सानो भए पनि विश्वमा नचिन्ने छैन कोही।।
बनेको छ मिलेर सारा हिमाल, पहाड अनि तराई।
नेपाल नै हाम्रो साझा घर, कोही छैन यहाँ पराई।।
विभिन्न जात जातिको साझा फुलबारी हो यो।
सबै एउटै, भन्दैनौं कसैलाई पनि यो अनि त्यो।।
पुर्खाको रगतले सिन्चेको विरताको भूमि मेरो देश।
सारा नेपाली एउटै हौ होला त केबल फरक भेष।।
( एस. ई. ई ब्याच – २०७६)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका- ६, बागलुङ