कविता -मेरो भाई

अस्मिता खत्री
मेरो भाई नै मेरो मिल्ने प्यारो साथी।
सबै भन्दा उनी लाग्छ मलाई जाती।।

मेरो भाई ज्ञानी अनि सबैको प्यारो।
उनी नै भविस्य अनि सपना हाम्रो।।
पढ्ने खेल्ने भाईको छ धेरै चाहना।
पूरा हुन उनको सब मनो कामना।।
प्रीति छ साह्रै मिठो हामी दुई बिच।
उनिविना अर्थहिन लाग्छ सबै चिज।।
सधैं उनलाई जिवन मार्ग म देखाउँछु।
असल बन्न हरदम म उनलाई सिकाउँछु।।
ठूला लाई सधैँ उनी आदर सत्कार गर्छन्।
सानालाई सधैं उनी प्रेमको रङ्गले भर्दछन।।
( एस. ई . ई ब्याच – २०७५)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका -६, बागलुङ

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →