कविता -दरम खोला

सुस्मिता केसी
अविरल बग्दछ नागबेली यो दरम खोला।
सुरु हुन्छ बागलुङ बाट टुङ्गो कहाँ होला।।

बग्दछौ तिमी अविरल गल्कोटको बिचबाट।
अस्तित्व रहँदैन कसैकाे बिना तिम्रो साथ।।
स्वच्छ, कञ्चन अनि अविचलित छौ तिमी।
सबैलाई जिवन दिन्छौ जिवन दाता बनि।।
तिमी बिना चल्दैन यहाँ मानिसको जिन्दगानी।
प्रदुषित गर्दैछौँ तिम्लाई हामी जानी नजानी।।
तिम्रै कारण खेतमा वाली लहलह झुल्दछ।
तिमी छौ र प्रकृतिमा रङ्गिन फूल फुल्दछ।।
( कक्षा – १०)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका -६, बागलुङ

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →