कविता – आमा अनि गुरु

सुरक्षा बोहोरा
स्नेहको सागर मेरी आमा,
ज्ञानको भव सागर गुरु।
रिस, राग घमण्ड छैन जसमा,
उनको बयान कसरी गरुँ।

जन्म दिने मेरी आमा,
अथाह ज्ञान दिने गुरु।
न अन्त्य छ ज्ञानको संसारमा,
न छ यसको सुरु।
सँस्कार दिने मेरी आमा,
शिक्षाको ज्योति बाल्ने गुरु।
दुबै छन् मेरो साथमा,
र त उडेकी छु यो दुनियाँ मा फुरु- फुरू।


धर्तीमा टेकाउने मेरी आमा,
संसार देखाउने गुरु।
बाँचेकी छु जसको भरमा,
उहाँहरूको जिवन खुशीले कसरी भरुँ।
(एस. ई. ई ब्याच – २०७५)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका -६, बागलुङ

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →