डा. विदुर चालिसे
वर्गद्वन्द्व चलिरहेकाे थियाे । एक खजाञ्चीले आफ्नाे मालिक लाई सेवककाे महत्व दर्ज गर्न एउटा ग्राहकलाई प्याच्च भनि दियाे ।
–“सामानकाे भाउ रातारात बढ्याे ।”
उसकाे मालिक आशामान पनि खजाञ्चीकाे विद्युतीय मनबाट निस्केकाे प्रभावद्वारा प्रभावित भयाे र जीवनमा नाफा घाटाकाे हिसाब सम्झेर सत्य सन्देशकाे टाउकाे हल्लाइदियाे ।
–“ठिक गरिस बाबू तैंले !”
गाउँबाट आएकाे ग्राहक अलमल्ल पर्याे । उसले सामान किन्ने आँट गर्न सकेन । उ त्यसै असन बजारमा कहिले यता कहिले उता गरिरहन्थ्याे । धेरैदिन समय बिताएपछि उसलाई गाउँबाट आएका अन्य मान्छेहरूले भेटे। उसकाे जीवनमा दरिद्रता निकै बढेकाे थियाे । खजाञ्चीले त्याे दिन ग्राहकलाई देखेर साेध्याे ।
–“तैँले चुनाव लडेकाे छस् ?”
–“चुनाव लड्न त हुन्थ्याे नि तर के गर्नु ? टिकट किन्ने पैसा नै छैन !”
–“उफ लाटा गाउँमा घरजग्गा कति छ ?”
–“चाहे जति छ, हजुर !”
–” ल ल हुन्छ ! म मालिकलाई भनेर जग्गाबाट ऋण निकालि दिन्छु अनि त्यसैले टिकट किन्नु । चुनाव जितेपछि कमाइ भई हाल्छ नि !”
गाउँले ग्राहक निकै लाेभियाे। चुनाव जितेपछि मन्त्रीकाे सपना देख्न थाल्याे । उसका सपनाहरू निकै भाैँतारिन थाल्याे । एक दिन उसले आफ्नाे जुलुसमा सहरका गन्यमान्य मान्छेहरू पनि देख्याे । जुलुस देखेपछि खजाञ्चीलाई टाउकाे दुख्न थाल्याे । उसले मालिकलाई कुरा पनि लगायाे ।
–“हजुरकाे राजकाे समयमा पनि बजारका सब ग्राहक भाँडिए छन्, हजुर !”
मालिकले यसाे टाउकाे उठाएर हेरे, अनुमान गरे, अन्दाज गरे र खजाञ्चीलाई भने ।
–“त्यसकाे टाउकाेकाे माेल कति पर्छ ?”
–“त्याे पाखे हाे, चुनावमा नउठेकाे भए त एक लात हाे, उठेकाे भएर दलाली भाग समेत माग्छ !”
–“ए लाै ! त्याे पाख्याचा त्यति चढेछ ?”
खजाञ्चीले निर्णयकाे अघिल्लाे दिन पत्रकार सम्मेलनका बीच
सबैकाे हिसाब किताब गर्दै भने ।
–“उ गुण्डा, त्याे दलाल, याे चाकर !”
असनकाे चाेकमा टपरी बेचिरहेकाे व्यापारीले खजाञ्चीकाे कुरा सुनेपछि उसलाई आफ्नाे पीडा सुनाएर झस्कायाे ।
–“के एकपाखे एकपाखे कुरा गर्छ, पाख्याचाकाे दलाल त !”
टपरी किन्न झुम्मिरहेका मान्छेहरू व्यापारीकाे उल्का कुराहरू सुनेर तिघ्रा ठटाएर मजा लिइरहेका थिए । खजाञ्चीकाे घाँटी छेउ फेरि एउटा तक्मा झुण्डिएकाे थियाे ।
–“भ्रष्ट षडयन्त्रकारी ।”
खजाञ्चीलाई सहर खुब विरक्त लाग्न थालेकाे थियाे । जता हेर्याे उतै भरिया, नाम्ले, नाङ्ले, मगन्ते र विपन्न ज्यामीहरू मात्रै सहरमा देख्दथ्याे । उनीहरूलाई जीवनभर मालिकका लागि ठगिरहेकाे खजाञ्चीले जडकुरा खाेल्दै आफ्नाे पछुवा बनाउन भन्याे ।
–“त्याे पाख्याचा त गुटकाे हाेइन नि, बुख्याँचा हाे !”