कविता – गाईघाट झरना

गोविन्द बोहोरा
झरना छ सुन्दर, जसको नाम गाईघाट।
फोहोरा छुटाई रम्दै गुञ्जने यसको जात।।

अवस्थित छ जहाँ त्यसको नाम ताराखोला।
सँगै यात्रा गर्दछ सागर भेट्न दरमखोला।।
लगाउँछ यसले यात्री सबैलाई गुलाबी मोहनी।
सबैलाई मोहित बनाउने छ यसको जवानी।।
ताराखोला काे बनेको छ यो राम्रो पहिचान।
हेर्दा लाग्छ थियो यो सँग पहिले नै चिनजान।।
कति राम्रो देखिने झरनामा इन्द्रेणीको रंग।
जसको लालिमाले मनै हुन्छ सधैं सधैं दंग।।
चट्टान को गर्व बाट जब यो फुट्छ- छुट्छ।
प्रकृतिमा प्राकृतिक सङ्गीत यसले भर्दछ।।
( कक्षा -१०)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका -६, बागलुङ

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →